सगरमाथा देखेर दंग छन् अनुपम र परिणीती

काडमाडौं, २७ असोज । दुई सातायता भारतीय फिल्म ‘उचाइ’ को छायांकन नेपालको हिमाली भेगमा भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्लामा छायांकन सकाएर नाम्चेमा छायांकन गरिरहेको छ ।

यसैक्रममा मंगलवार ब्रेकमा रहेका कलाकारहरूले नाम्चेमा पुगेर सगरमाथाको दृश्यावलोकन गरेका छन् । फिल्मका कलाकारहरू अनुपम खेर, परिणीती चोपडाले पहिलोपटक सगरमाथा देखेको भन्दै समाजिक सञ्जालमा खुशी साटेका छन् । परिणितीले आधार शिविर पुगेको फोटोसहित उनले लेखेकी छिन्, ‘शसभ प्रभात मिस्टर एभरेस्ट । तिमीले आज मलाई नम्रताको पाठ सिकायौं।’

साथै, सगरमाथा सामु जो कसैको शिर झुक्ने भन्दै अनुपमले सगरमाथाको सौन्दर्यको वर्णन गरेका छन् । उनले पहिलोपटक सगरमाथाको अवलोकन गरेको भन्दै खुशी व्यक्त समेत गरेका छन् । बलिउड निर्देशक सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको सुटिङका लागि अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीलगायतका कलाकार नेपालमा छन् । फिल्म युनिट आगामी साता हिमालपारिको जिल्ला मनाङमा जाने भएको छ । उचार्इ फिल्म युनिट नेपालमा लगभग ४० दिन रहने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।