प,हिरोमा पुरिएर मृ,त्यु भएका परिवारलाई किरिया खर्च

बैतडी, ७ कात्तिक । प,हिरोमा पुरिएर मृ,त्यु भएका बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीका पी,डित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बसेडीका भानु, देवानी र पवित्रा पार्कीका परिवारलाई किरिया खर्चबापत एकमुष्ट रु एक लाख २० हजार उपलब्ध गराएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ मृ,तकको गाउँमै पुगेर किरिया खर्च उपलब्ध गराएका हौं, सङ्घीय सरकारले दिने राहतबाट कट्टी गर्ने गरी तत्कालका लागि राहत दिएका छौँ ।” सङ्घीय सरकारले बा,ढीपिहिरोबाट मृ,त्यु भएकालाई प्रतिव्यक्ति रु दुई लाख १५ हजार र सोही घरका थप अरुको पनि मृ,त्यु भए जनही रू एक लाख थप राहत दिने निर्णय गरेको थियो।

यही कात्तिक २ गते घरमाथिबाट खसेको प,हिरोमा पुरिएर तीनै जनाको मृ,त्यु भएको थियो । यस्तै शिवनाथ गाउँपालिकाले पनि मृ,तकका परिवारलाई जनही रू ५० हजार राहत दिने निर्णय गरेको अध्यक्ष कर्ण साउदले जानकारी दिनुभयो ।

बैतडीमा पहिरोमा परेर चार जनाको मृ,त्यु भएकामा सुर्नया गाउँपालिका–५ की परुदेवी महराको प,हिरोमै परेर मृ,त्यु भएको थियो । बाटो बन्द रहेकाले परुदेवीको परिवारसम्म पुग्न नसकिएको र केही दिनभित्रै किरिया खर्च उपलब्ध गराइने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

गत असोज ३१ गते रातिदेखि तीन दिनसम्म अविरल परेको पानीले जिल्लाका विभिन्न भागमा ठूलो क्ष,ति पु¥याएको थियो ।

वर्षाले ४२ घर पूर्ण रुपमा क्ष,ति भएका, ३१ चौपाया मरेका, ७२५ रोपनी जमिन नासिएको, १२ खानेपानी योजना बगाएको, सबैजसो ग्रामीण सडक अवरुद्ध भएको, १३७ ठाउँमा पहिरो गएको र करौडौँको कृषिबाली क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रारम्भिक रुपमा क्षतिको विवरण नआए पनि पूर्ण रुपमा विवतरण सङ्कलन कार्य भइरहेको निमित्त प्रजिअ भारतीको भनाइ थियो । यस्तै रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रशासनले पनि तत्कालका लागि पीडितहरूलाई राहत उपलब्ध गराएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।