एमाले महाधिबेशन : धनकुटाको पाख्रीबास नगरपालिका ४ मा मदन राई सर्वसम्मत अध्यक्ष,सहिदभूमिको ७ वटै वडा कमिटीहरुका सर्वसम्मत नेतृत्व चयन
धनकुटा । धनकुटाको शहिदभुमि गाँउपालिकाको सात वटै वडामा नेकपा एमालेको प्रथम वडा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ ।
गाँउपालिकाका ७ वटा वडा कमिटीहरुका नेतृत्य सर्वसम्मत निर्वाचित भएका हुन् । जसअनुसार वडा नं १ मा बिष्णु प्रसाद राई,वडा नं २ मा बलिन्द्रमान सिह राई,वडा नं ३ मा महावीर राई,वडा नं ४ मा लाल बहादुर राई,वडा नं ५ मा बालचन्द्र राई,वडा नं ६ मा केशव राई,वडा नं ७ मा कमल बहादुर राई अध्यक्ष पदमा विजयी भएका छन् ।
त्यस्तै धनकुटाको पाख्रीबास नगरपालिकाको वडा नं १ मा जय पान्डे, वडा २ मा दिल बहादुर तामाङ, वडा नं ३ अमित राई,वडा ४ मा मदन राई, वडा नं ५ मा डिल्ली कु. भन्डारी,वडा नं ६ मा पदम तामाङ,वडा नं ७ माबाबुराम भण्डारी, वडा नं ८ मा हेम बहादुर गिरी, वडा नं ९ मा अरुण तामाङ, वडा नं १० मा राम प्रसाद तिम्सिना सर्वसम्मत रुपमा वडाध्यक्षमा निर्वाचित भएका छन् ।


