समूह विजेताको लागि कनकाई र बागमतीको प्रतिस्पर्धा

काठमाडौं, ८ कात्तिक । झापाको कनकाइ नगरपालिका र सर्लाहीको बागमती नगरपालिकाबीच उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको समूह ‘ए’ विजेताको लागि प्रतिस्पर्धा हुँदैछ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने दिनको दोस्रो खेलमा दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल मध्यान्ह १२ बजे हुनेछ ।

समूह ‘ए’ मा दुवै टोलीले दुई खेलबाट समान ६ अंक जोडेका छन् । यो खेलको विजेता समूह विजेता बन्दै नकआउट चरणमा पुग्नेछ । यदि बराबरीले भने गोल अन्तरका आधारमा कनकाई नकआउट चरणमा स्थान बनाउनेछ ।

दिनको पहिलो खेलमा बिहान ९ बजेपछि महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिका आमुनेसामुने हुनेछन् । दुई टोलीबीच प्रतिष्ठाको लडाइँ हुनेछ । दुवै टोली अंकविहीन रहँदै समूह चरणबाट यसअघि नै बाहिरिसकेका छन् । त्यसैले दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

अन्तिम खेलमा दिउँसो ३ बजे समूह ‘बी’ अन्तर्गत कालिका नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेताले समूह विजेता बन्दै नकआउट चरणमा स्थान पक्का गर्नेछ ।

कालिका र ललितपुर नगरपालिकाले एक खेलबाट समान ३ अंक जोडेका छन् र समान १० गोल पनि रहेको छ । यस समूहबाट कागेश्वरी नगरपालिका दुई खेलमा अंकविहीन रहँदै समूह चरणबाट बाहिरिसकेको छ ।

यसअघि समूह ‘डी’ अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका र समूह ‘सी’ अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकाले शतप्रतिशत जितसहित नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् ।

उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । यस्तै प्रतियोगिताको विजेताले पाँच लाख रुपैंया र उपविजेताले तीन लाख रुपैंया प्राप्त गर्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।