पाख्रीबास कप फुटबल प्रतियोगिता भोलिबाट,विजेताले एक लाख पाउने

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा पालिका स्तरिय फुटवल प्रतियोगिता हुने भएको छ । युथ युनाईटेड पाख्रीवासको आयोजनामा भोलिदेखी पालिका स्तरिय फुटवल प्रतियोगिता हुन लागेको हो । जसको तयारी करिब पूरा भएको युथ युनाईटेड पाख्रीवासका अध्यक्ष गणेश गुरुङले जानकारी दिनुभयो ।

जिल्लाको पाख्रीवास,महालक्ष्मी र धनकुटा नगरपालिका, शहिदभुमी,सागुरीगढी,चौविसे र छथर जोरपाटी गाउँपालिका सहित आयोजक युथ युनाईटेड पाख्रीवासको टिमले सहभागिता जनाउने प्रतियोगिताको प्रथम हुनेले नगद १ लाख र दोश्रो हुनेले नगद ५० हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन भोलि विहान ११ बजे विभिन्न जातजातीको झाँकी सहित प्रतिनीधिसभा संसद राजेन्द्र कुमार राईबाट गरिने आयोजक युथ युनाईटेड पाख्रीवासका अध्यक्ष गुरुङले बताउनु भयो ।

यो पनि पढ्नुहोस्…

विराटनगरमा खुला सत्र सकेर महानगर कमिटीको अधिवेशन स्थगित

विराटनगर, ९ कात्तिक ।नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सोमबार साँझ मोरङमा अगुवा कार्यकर्ताहरूलाई पालिका अधिवेशनमा चुनाव नगर्न निर्देशन दिए । माधव नेपाल पार्टी छाडेर गएपछि गुटको अन्त्य भएकाले सबैलाई मिलाएर लैजान पनि उनले निर्देशन दिए । पत्रकारलाई जान प्रतिबन्ध गरिएको कार्यक्रममा ओलीले पालिकाको अधिवेशनमा चुनाव भए इतर समूह रमाउनेसमेत बताएको सहभागी एक नेताले बताए । मंगलबार भएको विराटनगर अधिवेशनमा भने दुई खेमा देखिएपछि उद्घाटन सत्र सकेर बन्द सत्र भोलि बुधबारसम्मका लागि स्थित गरिएको छ ।

नगर कमिटीको नेतृत्वका लागि दुई जना दाबेदार भएपछि मिलाउनका लागि स्थगित गरिएको अधिवेशनमा खटिएका एमालेका नेताहरूले बताएका छन् । नेतृत्वका लागि महानगर कमिटी अध्यक्ष सागर थापा र प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत मैदानमा देखिएका छन् । यस्तै, सचिवमा राधेश्याम कट्टेल र रोहित कोइराला मैदानमा उत्रिएर भोट मागिरहेका छन् । यसअघि जिल्ला कमिटी मोरङको सचिवालय सदस्य रहेका बस्नेतलाई विधान अधिवेशनमा सहभागी गराउनका लागि प्रदेश कमिटी सदस्य बनाइएको थियो । उनी प्रदेश खेलकुद समिति सदस्य सचिव पनि हुन् ।

थापा भने नेकपा हुँदासमेत अध्यक्ष नै रहेका थिए भने अहिले पनि उनी अध्यक्ष नै रहेका छन् । एमालेका जिल्ला तहका नेतादेखि प्रदेश तहका नेताहरू भने चुनावी प्रक्रियामा नगई नेतृत्व टुंग्याउन लागिपरेका छन् । प्रदेश कमिटी सचिव विनोद ढकालले यसको नेतृत्व गरिरहेका छन् ।

महानगर अधिवेशनको उद्घाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले पदका भोकाहरूले पार्टी फुटाए पनि त्यसको असर नदेखिएको दाबी गरे । माधव नेपाल अलग्गिएसँगै गुटको अन्त्य भएको भन्दै उनले अब गुटको राजनीति गर्ने छुट कसैलाई नभएको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।