एमाले धनकुटाको प्रथम पालिका स्तरीय अधिवेशन भव्य र सभ्यताका साथ सम्पन्न
धनकुटा । एमाले धनकुटाको प्रथम पालिका स्तरीय अधिवेशन भव्य र सव्यताका साथ सम्पन्न भएको छ । सात वटै पालिका मध्य ५ वटामा सर्वसम्मत र २ वटा पालिकामा निर्वाचन पद्धति मार्फत नया नेतृत्व चयन गरेको छ ।
प्रथम पालिका अधिवेशनबाट सर्वसम्मत निर्वाचित पालिका कमिटी का पदाधिकारीहरूको नामावली यस्तो छ :
एमाले धनकुटा नगरको प्रथम अधिवेशनबाट अध्यक्षमा अर्जुन छाराहाङ, उपाध्यक्ष सिह तितुङ, सचिवमा चन्द्र कृष्णा ठकुरी रहेकाछन् भने त्यस्तै गरि पाख्रिबास नगरपालिका काे प्रथम नगर अधिवेशन बाट सर्वसम्मत शान्तिराम गाैतमकाे अध्यक्ष , उपाध्यक्ष लाेकेन्द्र घिसिङ , सचिव सिताराम राई , उपसचिव सराेज राई रहेको छ ।
त्यस्तै चौबिसे गाउँपालिकामा सर्वसम्मत सर्वसम्मत निर्वाचित अध्यक्ष राजकुमार चेम्जोड, उपाध्यक्ष टंकमाया मगर, सचिव जीवन कटुवाल, उपसचिव देवकुमारी विश्वकर्मा रहेकाछन् । यस्तै सागुरिगढी गाउपालिकामा पनि सर्वसम्मत अध्यक्षमा बाल कृष्ण राई , उपाध्यक्षमा बिनय राई , उपाध्यक्ष सचिव पुर्ण खजुम उप सचीव जेबि राई , बेलेन्द्र राई रहेको छ ।
सहिद भुमि गाउपालिकाले पनि सर्वसम्मत कमिटी चयन गर्न सफल भएको छ । अध्यक्ष नीर बहादुर राई , उपाध्यक्ष मातृका राई , सचिवमा हेम कुमार राई रहनुभएको छ । त्यस्तै महालक्ष्मी नगरपालिका र छथरजाेरपाटि गाउपालिकामा अध्यक्ष पदमा निर्वाचन भएको थियो ।
महालक्ष्मी नगर अध्यक्षपदका लागि किरण गिरि र ईन्द्र पाैडेल बिच निर्वाचन हुदा किरन गिरि 157 मतले बिजयी भएको छ । उनका प्रतिद्वन्द्वी ईन्द्र पाैडेलले १सय ४३ मत प्राप्त गरेका थिए । उपाध्यक्ष युवराज पौडेल,सचिव भरत थापा
उपसचिव क.मिलन बराल ,चुम ब मगर (जोनपावल)
रहेकाछन् भने छथरजोरपाटी गाउपालिकामा अध्यक्ष इन्द्र सारु मगर उपाध्यक्ष गोमा भण्डारी , सचिव निल बहादुर थापा
उपसचिव दिवश पौडेल उप सचिव: टीका थोक्लेन लिम्बु रहेकाछन् । अध्यक्ष पदका लागि ईन्द्र सारु र शिव श्रेष्ठ बिच मतदान भएको थियो ।


