नेपाल तरुण दल परिवर्तनको सम्वाहक
धनकुटा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल परिवर्तनको सम्वाहक भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल तरुण दलको ६८ औ स्थापना दिवसको अवसरमा आज धनकुटामा आयोजित कार्यक्रमका सहभागी बक्ताहरुले त्यस्तो बताएका हुन् ।
नेपाल तरुण दल धनकुटका कार्यवाहक अधयक्ष यूवराज पुराजलीको अध्यक्षतमा सञ्चालित कार्यक्रममा नेपाल तरुण दल धनकुटाका पूर्व जिल्ला सचिव तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,नेपाल तरुण दल धनकुटाका निर्वतमान अध्यक्ष तथा कांग्रेस जिल्ला कोषाध्यक्ष दिनेश राई,सदस्य विष्णु पौडेल,पूर्व जिल्ला सहसचिव राजन पौडेल,धनकुटाका नगर कार्य समितिका सभापती नरेश श्रेष्ठ,नेपाल महिला संघ धनकुटाका जिल्ला उपाध्यक्ष अम्विका धमला लगायतले तरुण दल धनकुटा परिर्वतनका पक्षमा क्रियाशिल भएको वताएका थिए ।
कार्यक्रममा पार्टीका धनकुटा नगरपालिका वडा नं ६ का सभापती रुपेश श्रेष्ठ,वडा नं ८ का उपसभापती भोगेन्द्र राई,नेपाल तरुण दल धनकुटका जिल्ला सदस्यहरु विच्क्ष राई,अच्यूत कुवर,नरेश राई,राम प्रसाद राई,विशाल लिम्बु,कान्ति डंगोल,भरत श्रेष्ठ,धनकुटा नगरपालिका वडा नं ५ का तरुण अध्यक्ष बेनु राई,नरेन्द्र श्रेष्ठ ,किरण मास्के लगायतले समेत तरुण दलको स्थापना दिवसमा शुभ कामना दिदै तरुण दलले कांग्रेसलाई विजयी गराउन सक्रिय भई परिर्वतनको पक्षमा उभिने वताएका थिए ।
कार्यक्रमको सञ्चालन तरुण दल जिल्ला सचिव नरेन्द्र कस्चितले गर्नु भएको थियो । नेपाल तरुण दल धनकुटाले जिल्ला भरी नै परिवर्तनको पक्षमा उभिदै संगठनलाई सशक्त बनाउन अभियान संचालन गर्ने निर्णय भएको कार्यवहाक जिल्ला अध्यक्ष पराजुलीले वताउनु भयो ।


