धनकुटा अन्तर पालिका “पाख्रीबास कप” फुटबल फाइनल : सॉंगुरीगढी बिरुद्द चौबिसे गाउंपालिका पहिलो हाफमा ०-१ ले अगाडि

धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रीबास युथ युनाइटेडको आयोजनामा पाख्रीबास नगरपालिका वडा ४ को खेल मैदानमा अन्तर पालिका पुरुष फुटबल प्रतियोगिता “प्रथम पाख्रीबास कप” २०७८ कार्तिक १० बाट सुरु भएर आज सकिंदैछ ।

प्रतियोगितामा जिल्लाका सातै वटै पालिका र आयोजक टीम समेत गरि ८ टीमको सहभागिता रहेको थियो । प्रतियोगितामा पहिलो दिन भएको खेल पाख्रीबास नगरपालिका र सहिदभूमि गाउंपालिका बिच भएको थियो ।
निर्धारित समय भित्र दुबै टीमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटको आधारमा परिणाम निकालिएको थियो । जसमा सहिदभूमि गापाले पाख्रीबास नपालाई ४ का विरुद्द ५ गोल अन्तरले हराउंदै शहिदभूमि गापाले सेमिफाइनलमा प्रबेश गरेको थियो ।

त्यसैगरि दोस्रो दिनको पहिलो खेल धनकुटा नगरपालिका र चौबिसे गाउंपालिका बीच भएको थियो। जस्मा १ का बिरुद्द ५ गोल लगाउंदै चौबिसे गाउंपालिका (रारा एफसी क्लब) विजयी भएको छ । खेलमा ह्याट्रिक गोल गर्ने चौबिसे गापाका जर्सी नम्बर ३२ नरेन्द्र विक अफ द म्याच घोषित भएका थिए ।

सोही दिनको दोस्रो खेल आयोजक टीम र महालक्ष्मी नगरपालिका बिच सम्पन्न भएको थियो। खेलको पहिलो हाफमा महालक्ष्मी नपाका विरुद्द आयोजक टीमले ३-० को अग्रता बनाएको थियो ।खेलको दोस्रो हाफमा पनि महालक्ष्मीले कुनै गोल गर्न सकेन भने आयोजकले थप १ गोल गर्दै ४-० को अन्तरले आयोजक टीम युथ युनाइटेड विजयी भएको थियो । सर्वाधिक गोल कर्ता आयोजक टीमका जर्सी नम्बर ९ पाल्देन गुरुंग म्यान अफ द म्याच घोषित भएका थिए भने तेस्रो खेलमा सांगुरीगढी गाउंपालिका(डांडा बजार) ले छथर जोरपाटी गाउंपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो। सांगुरीगढीका जर्सी नम्बर ९ विवेक राई म्यान अफ द म्याच घोषित भएका थिए ।

हिजो प्रतियोगिताको तेस्रो दिन सेमिफाइनल अन्तर्गतका दुई खेल भए । पहिलो खेल चौबिसे गापा(रारा एफसी क्लब) र सहिदभूमि गापाका बिच भने दोस्रो खेल आयोजक टीम र सांगुरीगढी गापा(डांडाबजार) बिच सम्पन्न भएको थियो ।

जस अन्तर्गत सहिदभूमि गापा सँग खेलेको चौविसे गाउँपालिका ले ० को विरुद्ध १ गोल गर्दै फाईनलमा स्थान सुरक्षित बनाएको थियो भने आयोजक टीम युथ युनाईटेड सँग खेलेको सागुरीगढीले पनि ०-१ गोल अन्तरको अग्रताका साथ फाईनलमा प्रवेश गरेको हो । खेलमा सागुरीगढीका खगेन्द्र भण्डारी र चौविसेका आशिष लिम्वु उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

आज जारी प्रतियोगिताको फाइनल खेलमा चौबिसे गापा र सॉंगुरीगढी गापाका बिच भइरहेको छ । खेलको पहिलो हाफमा चौबिसे गापाका जर्सी नम्बर १० बिरेन लिम्बुले गोल गर्दै चौबिसे गापाले पहिलो हाफमा १-० गोलले अग्रता लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖