यसरी सान्तोना दिदै छन प्रचण्ड -मधेसको बलिदानले नै देशमा गणतन्त्र …..

सर्लाही, १३ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको बताउनुभएको छ । यहाँ आज भएको माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक सङ्गठन र मधेसवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनबीचको एकता घोषणा समारोहमा उहाँले भन्नुभयो, “मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको हो ।” उहाँले मधेशवादी दलसँग पार्टी एकता गरेको अगाडि बढ्ने विषयमा आफूले छलफल सुरु गरेकोसमेत बताउनुभयो ।
उहाँले पार्टी एकता गर्दा जसपाका नेतालाई सम्मानजनक स्थान दिन पनि आफू तयार रहेको बताउनुभयो । उक्त एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपेन्द्र यादव, महेन्द्रराय यादवलगायत नेताको नाम लिँदै सरकार निर्माणमा गठबन्धन भइसकेकाले अब पार्टी एकता गर्न सकिनेमा जोड दिनुभयो । मधेसी जनताको हितमा काम गर्न पार्टी एकताको प्रस्ताव आफूले गरेको उहाँले बताउनुभयो ।

आफू जनकपुर आएर पार्टी एकताको घोषणा गर्न तयार रहेको उहाँको भनाइ थियो । अहिलेको गठबन्धन सरकारले मधेसमा नागरिकतासम्बन्धी समस्याको चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मधेसले आफूलाई माया गरेको जनाउँदै आफूले मधेसबाट पाउने माया निरन्तर पाइराख्ने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।