भेट्रान्स फुटबल : आर्मीलाई पराजित गर्दै झापा फाइनलमा

काठमाडौं, १४ कात्तिक । बलियो नेपाल आर्मी क्लबलाई पराजित गर्दै झापा भेट्रान्स एफसी “मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता”मा फाइनल प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा झापाले आर्मीलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

झापाको जितमा कप्तान भेषाराज लिम्बू र श्यामकुमार गोलेले एक-एक गोल गरे । खेलको पहिलो हाफ बराबरी सकिँदा दोस्रो हाफमा झापाले दुई गोल गरेको थियो । भेषले खेलको ४७ र श्यामले ६० मिनेटमा गोल गरे । झापाका कप्तान भेष म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा आर्मीको पहिलो हार हो भने झापा अपराजित छ ।

दोस्रो सेमिफाइनलमा केही समयपछि खुमलटार र सानो गौचरण नाइट किङ क्लब ( एसएनकेसी ) भिड्नेछन । लिगकप नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाएका थिए ।

एउटा टिममा २० खेलाडी हुनेछन् । जसमा ३५ देखी ४० वर्ष उमेर सम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ। खेलको समय अवधि ६० मिनेट (एक हाफ ३० मिनेटको हुनेछ ।) खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।