धनकुटा महालक्ष्मीले पायो जिल्लाकै कान्छा अध्यक्ष र सचिव

धनकुटा । धनकुटा जिल्ला नेकपा एमालेको नगर अधिवेशनमा महालक्ष्मी नगरपालिकाले जिल्लामै कान्छा अध्यक्ष र सचिव चयन गरेको छ । सम्पन्न अधिबेशनमा सर्वसम्मत नभएपछि मतदान प्रकृयाबाट अध्यक्षको टुंगो लगाइएको थियो। पार्टीको जिल्ला कमिटी सदस्य समेत रहेका ३६ बर्षिया किरणवावु गिरी मतदानबाट बिजयी बन्दै एमाले महालक्ष्मी नगर कमिटीको अध्यक्ष चयन भएका हुन् ।अध्यक्ष बाहेक बॉंकी ७४ पद भने सर्वसम्मत चयन गरिएको थियो ।

त्यसैगरि २९ बर्षिया भरत थापा जिल्लाकै कान्छा सचिवका रुपमा चयन भएका छन् । अध्यक्ष गिरीले आगामी स्थानिय निर्वाचनमा महालक्ष्मी नगरमा एमालेले क्लिन स्विप गर्ने गरिको संगठन विस्तारमा सबैलाई मिलाएर नविन क्रियाकलापहरुको आयोजना गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युवाहरुलाई विश्वास गरेर निर्वाचित गराउने नगरका सबै कार्यकर्ताहरुको विश्वासलाई खेर जान नदिने भन्दै नयां जोस जांगरका साथ खटेर पार्टी सुदृढ र ब्यवस्थित गर्ने लागि पर्ने पनि अध्यक्ष गिरीले बताउनु भयो ।

यो पनि पढ्नुहोस्….लुम्बिनी विकासको नयाँ गुरुयोजना रोकिएकोमा राष्ट्रपतिको चासो
बुटवल, १४ कात्तिक /राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीको विकास गर्न गुरूयोजना बनेर पनि रोकिएको भन्दै चासो व्यक्त गरेकी छन् । लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको आइतबार उदघाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘लुम्बिनीको विकास गर्न गुरूयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’

राष्ट्रपति भण्डारीले गौतमबुद्ध नेपालमै जन्मिएको र नेपालको गौरवसमेत रहेको बताएकी छन् । ‘म एउटै कुरा भन्छु, गौतमबुद्धको जन्म नेपालमै भएको हो’, उनले भनिन्, ‘गौतमबुद्धले आफ्नो लामो तपस्याबाट ज्ञानआर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ, त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’

विश्वमा कुनै पनि देशले कुनै न कुनै रूपमा बुद्धको सोच र दर्शनलाई अपनाएको भण्डारीको भनाइ छ । ‘नेपालमा विकास गर्न पैसाको कमी होइन’, भण्डारीले भनिन् । कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकासहितको आर्थिक सहयोगमा विहार बन्दा खुशी लागेको बताए ।

‘महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिक रूपमा बनिरहेको, तर अपूरो विहार देखेपछि काठमाडौँ महानगरले केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो’, उनले भने, “त्यहीअनुसार सहयोग गरेका हौँ ।’ अन्य विहार बनाउन विभिन्न देशले सहयोग गरेको देखेको शाक्यले बताए । नेपाली विहारमा नेपाल सरकारको कुनै सहयोग नभएको र काठमाडौँ महानगरपालिकाले जस्तै संघीय र प्रदेश सरकारले पनि नेपालको मौलिकता झल्किने कार्यमा सबैको सहयोग होस् भन्ने अपेक्षा रहेको उनको भनाइ छ ।

परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डा. नरेशमान बज्राचार्यले नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए । काठमाडौँ महानगरपालिकाको करिब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।