पाख्रिवासको घोर्लीखर्कमा कांग्रेस पार्टी कार्यालयको उद्घाटन
धनकुटा । धनकुटा जिल्लाको पाख्रिवास नगरपालिका वडा नं. ५ घोर्लिखर्कमा कांग्रेसको संगठन शसक्त र सक्रिय बनाउन नया व्यवस्थापनका साथ आज पार्टी कार्यालयको स्थापना गरी उद्घाटन गरिएको छ ।
पार्टीका जिल्ला सभपाती अग्नी प्रसाद पौडेलले पाख्रिवासको घोर्लिखकमा वडा नं. ५ को वडा समितिको कार्यालयको उद्घाटन गर्दै मुलुकमा अव कांग्रेसको विकल्प नरहेको वताउनु भयो ।
वडा कार्यलय उद्घाटन कार्यक्रममा पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,महासमिति सदस्यहरु घनेन्द्रराज श्रेष्ठ,मिन कार्की,इन्दिरा थापा,जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुङ,जयन्द्र घिसिङ,पूर्व जिल्ला सहसचिव राजन पौडेल, पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी ,उपसभपाती चन्द्र वस्नेत,सचिवद्धय सन्तोष मानन्धर, विर वहादुर थापा,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु,सहसचिव भोला भट्राईले कांग्रेसलाई अव नया ढंबाट अगाडी बढाउदै संगठन विस्तार र सुदृढीकरण अभियान संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।
पार्टीका ५ नं वडा सभापती पासाङ योञ्जन तामाङको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन सचिव दिपेश थापाले गर्नु भएको थियो ।


