धनकुटाको बाढी प्रभावित क्षेत्रको कार्यवाहक प्रधानमन्त्री तथा गृह मन्त्री खाँडद्वारा स्थलगत निरिक्षण
धनकुटा । कार्यवाहक प्रधानमन्त्री तथा गृह मन्त्री बालकृष्ण खाँडले धनकुटाको बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्नु भएको छ ।
गृह मन्त्री खाड सहित पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा सहितको टोलीले गत कार्तिक महिनाको पहिलो साता वरेको वर्षातको कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन, निरिक्षण गर्ने क्रममा धनकुटाको चौविसे गाउ पालिकाको वडा नं १ को बाढी पहिरो अति प्रभावित क्षेत्र बुधवारेमा निरिक्षण गरी जानकारी लिनु भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य हर्क चेम्जोङले जानकारी दिनुभयो ।
बाढी पहिरोबाट धनकुटाको चौविसे गाउपालिका वडा नं १ छनम्वर बुधवारेमा ८ जनाको पुरिएर मृ त्यु भएको थियो । प्रदेश नं १ को बाढी पहिरो प्रभावित क्षेत्रको निरिक्षण गर्ने क्रममा बुधवारेमा आउनु भएका कार्यवहाक गृह मन्त्री खाड, पूर्व मन्त्री थापा सहितको टोलीलाई प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ,कांग्रेस जिल्ला सदस्यहरु हर्क चेम्जोङ,देवेन्द्र श्रेष्ठ,चौविसे गाउपालिकाका अध्यक्ष खजिन्द्र राई,उपाध्यक्ष यज्ञ कुमारी रुचाल,नेपाली कांग्रेस छ नम्वर बुधवारेका सभापती आनन्द श्रेष्ठ,नेपाल तरुण दल धनकुटाका जिल्ला सदस्य सपन श्रेष्ठ, छनम्वर बुधवारेका तरुण अध्यक्ष गणेश श्रेष्ठ लगायतले बाढी पहिरोबाट भएको क्षतीको वारेमा जानकारी गराएका थिए ।
बाढी पहिरो प्रभावितको वारेमा जानकारी लिएपछि गृह मन्त्री खाडले सरकारले बाढी पहिरो पिडिहरुलाई राहत उलब्ध गराउदै गरेको र क्षतीको मूल्यांकनको आधारमा थप राहत उपलब्ध गराउने वताउनु भयो । टोलीले बाढी पहिरोमा परि मृत्यु भएकाहरुको परिवार र घाईतेहरुसंग भेटघाट गरि स्वास्थ्य लाभको कामना समेत गरेको थियो ।
यसैवीच बाढी पहिरोबाट मृ त्यु भएका परिवार, घर भत्किएर विस्थापित भएकाहरुलाई नेपाली कांग्रेसले पनि राहत प्रदान गर्ने त्यसका लागि धनकुटा जिल्लाभरीबाट क्षतिको विवरण संकलन भैरहेको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।


