सुनकोशी बाहिरियो, कनकाई अन्तिम आठमा

काठमाडौं, २२ कात्तिक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई हराउँदै झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको अन्तिम आठमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो खेलमा सुनकोशीलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै कनकाई क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको दोस्रो चरणको पहिलो खेल निर्धारित ९० मिनेट गोलरहित बराबरीमा समाप्त भएपछि खेलको छिनोफानो सिधै पेनाल्टी सुट आउटमा भएको थियो । पेनाल्टीमा भाग्यशाली रहेको कनकाईले सुनकोशीलाई ३–१ ले हरायो ।

खेलको प्लेअर अफ दि म्याच कनकाईकी जसोधा लावती घोषित भईन् । उनले पाँच हजार रुपैंयासहित ट्रफी पाइन् । अब, कनकाइले सेमिफाइनल प्रवेशका लागि बुधबार कैलालीको गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख पाउँदा उपविजेताले दुई लाख ५० हजार पाउँनेछन् । फाइनल भिड्ने दुई टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछ । राष्ट्रिय महिला लिगमा आठ टोलीले सहभागीता जनाउँनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।