“एक कप चिया मेरो पार्टीलाई”अभियानबाट १ लाख रुपैया आर्थिक सहयोग संकलन
कार्तिक २२,धनकुटा । नेपाली कांग्रेस पाख्रीवास नगर कार्य समितिले सञ्चालन गरेको एक कप चिया मेरो पार्टीलाई भन्ने अभियानबाट अहिलेसम्म १ लाख रुपैया आर्थिक सहयोग संकलन भएको छ ।
नगर क्षेत्रका आपत वितपमा परेका,दैविप्रकोप पीडित,गरिव असहाय विरामीलाई उपचारमा जान एम्बुलेन्स सहयोग गर्ने लाक्षका साथ कांग्रेस नगर समितिले आफ्नो पार्टीका नेता,कार्यकर्ता सँग दैनिक एक कप चिया बापतको रकम सहयोग स्वरुप संकलन गर्न शूरु गरेको अभियान अन्र्तगत उल्लेखित रकम संकलन भएको नेपाली कांग्रेस पाख्रीवास नगर सभापती प्रेम भण्डारीले जानकारी दिनुभयो ।
एक महिना अघिबाट शूरु गरिएको यो अभियान मार्फत अहिले सम्म ४५ जना सदस्य बनीसकेको र उनिहरुबाट सो रकम पनि संकलन भएको पार्टीका नगर कार्यसमिति सचिव सन्तोष मानन्धरले वताउनु भयो । यो अभियान अन्र्तगत सदस्य बन्ने कांग्रेसका नेता, कार्यकर्ता र समितिका सदस्यहरु मध्ये कसैले तीन महिना,कसैले ६ महिना र कसैले एक बर्ष सम्मको सदस्य बापतको रकम जम्मा गरी सहयोग गरेक हुन् ।
दैनिक एक कप चिया मेरो पार्टीलाई अभियानमा नगर कार्य समितिमा रहेका पदाधिकारी तथा सदस्यहरुले कम्तीमा एक जना सदस्य एक महिनामा बनाउनु पर्ने नियम रहेको नगर कार्य समितिका उपसभापती चन्द्र वस्नेतले वताउनु भयो । यो अभियान लोक प्रिय बन्दै गएको र विपतमा परेकाहरुलाई सहयोग समेत गरिदै आएको नगर समितिले जनाएको छ ।
अभियानमा नेपाली कांग्रेस केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ,धनकुटका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,सदस्य ज्ञान बहादुर गुरुङ्ग,लेखनाथ पौडेल,जयन्द्र घिसिङ्ग,निलम थापा,पूर्व जिल्ला सहसचिव राजन पौडेल,महासमिति सदस्य असित थापा,क्षेत्रिय सहसचिव देवेन्द्र गुरागाई,नगर सभापती प्रेम भण्डारी,उपसभापती द्धय चन्द्र वस्नेत, गंगादेव राई,सचिव द्धय सन्तोष मानन्धर,वीर वहादुर थापा,सहसचिवद्धय इन्दिरा कार्की, दान वहादुर तामाङ,सदस्य महेन्द्र कार्की, पाख्रीवास वडा नं ४ का सभाती श्याम प्रकाश राई,नेपाल मगर संघ धनकुटका अध्यक्ष लेख वहादुर काम्छाकी,नेपाल साँस्कृतिक संघका क्षेत्रिय अध्यक्ष निरज गुरुङ्ग,नेपाल शिक्षक संघका चिरञ्जिवि आचार्य लगायत ४५ जना सदस्य बनी सकेका छन् । अन्य सदस्य बन्ने क्रम जारी रहेको जनाईएको छ ।


