इन्दिराको ह्याट्रिक मद्दतमा रोङ क्वार्टरफाइनल प्रवेश

काठमाडौं, २२ कात्तिक । राष्ट्रिय टोलीकी सदस्य इन्दिरा राईको ह्याट्रिक मद्दतमा इलामको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा अन्तिम आठमा प्रवेश गरेको छ ।

सोमबार एन्फा मैदानमा भएको दोस्रो खेलमा रोङ गाउँपालिकाले दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो ।

रोङको जीतमा राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी इन्दिरा राईले ह्याट्रिक पूरा गरिन् । कप्तान अनिता राईले १ गोल गरिन् ।

विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबाट रोङ पुगेकी इन्दिराले खेलको २९, ४५ पछि थपिएको एक मिनेट र ५८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै, कप्तान अनिताले खेलको ४० मिनेटमा गोल गरिन् ।

यता, तुलसीपुरका लागि ममता पुन मगरले खेलको ६८ मिनेटम सान्त्वना गोल गरिन् ।

रोङमा राष्ट्रिय टोलीकी इन्दिरासहित दीपा राई र विमला बिक रहँदा एपीएफकी गोलरक्षक रूपा राना मगर रहेकी थिइन् ।

अब रोङले अन्तिम ४ प्रवेशका लागि समूह ‘आई’को विजेता कैलाली गौरीगंगा नगरपालिकासँग खेल्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।