धनकुटाको विकास गर्न प्रदेश सरकारले कुनै कसर बांकी नराख्ने: मुख्यमन्त्री राई
धनकुटा,२३ कार्तिक । प्रदेश न १ का मूख्यमन्त्री राजेन्द्र राईले आउँदो हिउँदे अबिधेशनमा प्रदेश न १ को नामाकरण गर्ने बताउँनु भएको छ । मुख्यमन्त्री भए पछि पहिलो पटक सम्पर्क कार्यलय धनकुटा आउनु भएका राईले पत्रकारहरु संग कुरा गर्दै प्रदेश न १ को नामाकरण गर्ने बताउँनु भएको हो ।
प्रदेशको नामाकरणको बिषय विवादित भएको भन्दै पहिलेका सरकारका मन्त्री र नेताले भ्रम पारेको भन्दै उहाँले प्रदेश सभामा नामाकरणको बिषय कहिले प्रवेश नै नगरेको बताउँदै नामको बिषयमा कुनै विवाद नभएको बताउँनु भएको हो ।
उहाँले नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्र बहुपहिचान सहितको नामराख्ने पक्षमा रहेको बताउँदै कांग्रेसको धारण अहिले सम्म स्पस्ट नभएको बताउँनु भयो । फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री राईले धनकुटाको सम्पर्क कार्यलय सम्पर्क कार्यलयको रुपमा मात्र नभई अब साचिकै पहाडी जिल्लाको राजधानीकै रुपमा बिस्तार गरिने समेत बताउँनु भयो ।
उहाँले धनकुटाको विकासमा गर्न प्रदेश सरकारले कुनै कसर बांकी नराख्ने समेत बताउँनु भयो । सोहि अबसरमा गठबन्धनमा आवद्ध धनकुटाका राजनैतिक दलले धनकुटाको शिक्षा, स्वाथ्य, पूर्वाधार लगायको विकासका लागि १४ बुदेँ माग पत्र समेत मुख्य मन्त्री राई लाई बुझाएका थिए ।


