धनकुटा कांग्रेसको जिल्ला अधिवेशन प्रचार भेडेटार देखी ६ नं बुधवारेसम्म
धनकुटा । नेपाली कांग्रेस धनकुटाको जिल्ला अधिवेशन भव्य रुपमा सफल बनाउन अधिवेशन प्रचार प्रसार समितिले आह्वान गरेको छ । धनकुटाको भेडेटारदेखी छ नं बुधवारेसम्म प्रचार प्रचार गर्दै समितिले सम्पूर्णलाई अधिवेशनमा सहभागी हुन आव्हन गरेको हो ।
१ नं प्रदेश सभा सांसद लिला सुब्बा,जिल्ला सचिव तथा प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राई,सहसचिव सिता श्रेष्ठ,नेपाली कांग्रेसका क्षेत्रिय सभापती जितेन्द्र राई,कोषाध्यक्ष निरुपा राई,नेपाल महिला संघका उपाध्यक्ष अम्विका धमला लगायतको टोलिले सागुरीगढीको वडा नं १ लावरबोटे, वडा नं ५ डाडाबजार,चौविसे गाउपालिकाको राजारानी, चौविसे गाउपालिका वडा नं ८ बसन्तटारको सम्मेवा, वडा नं २ लाप्से,वडा नं १ छ नं बुधवारे सम्म पुगेर पार्टीका वडाध्यक्ष तथा अन्य पदाधिकारीहरुलाई जिल्ला अधिवेशन भव्य रुपमा सफल बनाउन सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।
आगामी मंशिर ६ गते हुन लागेको कांग्रेस जिल्ला अधिवेशनका लागि जिल्लाभरी ३ गते सम्म व्यापक प्रचार प्रसार गर्ने कार्यक्रम रहेको प्रचार प्रसार समिति संयोजक तथा जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।


