धनकुटाको छिन्ताङमा शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने :छिन्ताङ ह’त्या का’ण्डको जिम्मा कांग्रेसले लिनुपर्छ

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा कांग्रेसमा गएसँगै २०३६ सालको छिन्ताङ ह’त्या का’ण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका छन् । धनकुटाको छिन्ताङमा नेकपा एमालेले आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुनिल थापा हाक्काहाक्की कांग्रेस भएको तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देखाउने गर्ने अर्कै भएका कारणले भित्री कांग्रेस रहेको आरोप लगाए ।

२०३६ सालको छिन्ताङ ह’त्या का’ण्डको आरोप सूर्यबहादुर थापाले गरेको त्यसको भाग लिएर सुनिल कांग्रेसमा प्रवेश गरेकाले त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने ओलीको तर्क छ । प्रचण्डसँग पार्टी एकता गरेका बेला तीन वर्ष पार्टी चल्न नपाएको बताउँदै अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रचण्ड र माधव नेपालले कांग्रेससँग मन्त्री मागेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूसँग मागेको भए प्रचण्डलाई १५ वटा मन्त्री दिन आफू तयार रहेको बताए ।

सर्वोच्च अदालतमा भइरहेको विवादको विषयलाई लिएर अध्यक्ष ओलीले सरकारको कारणले न्यायलयमा वि’वाद बढेको बताए । उनले अहिले न्यायाधीश मु’द्दा नहेरेको, वकिलले दादागिरी देखाएको आरोप लगाए । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर पुन: सरकारको नेतृत्वमा आउने बताउँदै आगामी निर्वाचनमा ५५ लाखभन्दा बढी मत कार्यकर्तालाई निर्देशन दिए । नेपाललाई १० वर्षमा संसारका धनी देशसरह बनाउने एमालेसँग क्षमता र कार्यदिशा रहेको बताउँदै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर देशव्यापी रहेको दाबी गरे । उनले प्रचण्ड र नेपाल आफ्नै बुद्धिले एक्लिँदै गएका र एक्ल्याउँदै जानुपर्ने बताए ।


फरक प्रसंगमा अध्यक्ष ओलीले शहीद र तिनका परिवारलाई जहिल्यै सम्मान गर्ने र तिनका सपना साकार गर्न लागि पर्ने बताए ।शहीद स्मृति सभालाई सम्बोधन गर्न एमाले स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा पनि धनकुटाको छिन्ताङ आएका भए पनि समय अभावले बोल्न पाएका थिएनन् । कार्यक्रमलाई स्थायी कमिटी सदस्य शंकर पोख्रेलले सम्बोधन गरेका थिए ।

अहिलेको सरकार स्वार्थहरूको गठबन्धन : पोख्रेल

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले अहिलेको सरकार स्वार्थहरूको गठबन्धन रहेको बताएका छन् । पोख्रेलले सर्वोच्च अदालतमा चलिरहेको विवादले सरकार के भन्ने प्रष्ट भएको बताएका हुन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोख्रेलले गठबन्धनका विरुद्ध जनता जाने बताएका छन् । उनले कम्युनिस्ट पार्टीमा नेता कार्यकर्ताका आधारमा केपी ओली नेता भएको बताउँदै एमाले जनतामा आधारित पार्टी निर्माण भएको र अझै सुदृढ हुने बताए । पोख्रेलले माओवादी केन्द्रसँग एकता हुँदा पार्टीको संगठनात्मक जीवन खल्बलिएको बताउँदै अबको यात्रा दक्षिणपन्थी र अवसरवादका विरुद्ध हुने बताए ।

उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले समाजवादको कुरा गरेर कांग्रेसको पाउमा चढाएको र प्रचण्डको नेतृत्वमा समाज विभाजन हुन खोजेको आरोप लगाए । उनले प्रचण्ड पार्टी एकताको बाधक बनेको बताउँदै एमाले जनतामा आधारित कार्यकर्ताहरूको पार्टी भनेर महाधिवेशनबाट सन्देश दिने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।