धनकुटा ख मा कांग्रेसले सहमतिको प्रयास गर्ने

धनकुटा ३० कार्तिक, नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत धनकुटा ख मा सर्वसम्वत गराउन प्रदेश ख नेतृत्व चयनसमितीको आज बैठक बसि सबै पदका आकांक्षी संग छलफल गरि सर्वसहमीको सहमतीको प्रयास गर्ने गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले सबै आकांक्षी सग छलफल गर्ने निर्णय गरेको समितीका संयोजक एवम् नेपाली कांग्रेस धनकुटाका उपसभापती नविनकिशोर शाक्यले जानकारी दिनु भयो । उक्त समितीको सदस्यहरुमा इन्दिरा थापा, ज्ञानु गरुङ्ग र खेम पौडल रहनु भएको छ ।

देशसभा बैठक स्थगित, मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्
विराटनगर, ३० कात्तिक (रासस) : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सदस्य नआएपछि प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।

प्रदेशसभाको बैठक सुरू हुनासाथ सभामुख प्रदीपकुमार भण्डारीले कार्यसूचीमा प्रवेशै नगरी प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएको भन्दै भोलि बुधबार बिहान ११ः३० बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजित प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।