तेह्रथुममा कांग्रेसको प्रदेश सभा अधिवेशन सुरु

तेह्रथुम, ३ मंसिर ।नेपाल कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभाको प्रथम क्षेत्रीय अधिवेशन सुरु भएको छ ।

तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा (क) को लालिगुराँस नगरपालिका बसन्तपुरमा र प्रदेश सभा (ख)को फेदाप गाउँपालिका पोक्लाबाङमा एकैपटक सुरु भएको हो । च्याब्रुङ, नौमती बाजाको साथमा बजार परिक्रमामा गर्दै अधिवेशन सुरु भएको प्रदेश सभा(क) का सभापति बिपीन निङ्लेकुले जानकारी दिए । प्रदेश (क) मा जिल्ला सभापति गोविन्द ढुंगाना र प्रदेश (ख) मा केन्द्रीय सदस्य सीता गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन सुरु भएका छन् ।

प्रदेश सभा (क) मा नारायण सुब्बा र कमल बानियाँले उम्मेदवारी दिएका छन् । प्रदेश सभा (ख) मा भुवानसिंह चोङबाङ र चन्द्र मादेम्बा चुनाव लड्दैछन् । प्रदेश सभा (क) अन्तर्गत म्याङलुङ नगरपालिकाबाट एक सय ७६, लालिगुराँस नगरपालिकाबाट एक सय ५१ र छथर गाउँपालिकाबाट ९७ गरी चार सय २४ जना क्षेत्रीय प्रतिनिधि छन् । प्रदेशसभा (ख) आठराई गाउँपालिकाबाट एक सय १८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट एक सय ६ गरी तीन सय नाैजना क्षेत्रीय प्रतिनिधि छन् ।

प्रदेशसभा र जिल्ला अधिवेशनमा सात सय ३३ क्षेत्रीय प्रतिनिधिको सहभागिता रहनेछ । प्रतिनिधिले निर्वाचन प्रदेश (क) र (ख) मा नेतृत्वमा चयन गर्दै जिल्ला कार्यसमिति चयन गर्ने निर्वाचन अधिकृत लक्ष्मण रन्जितले बताए । प्रदेश सभा निर्वाचन क्षेत्रअन्तर्गत तेह्रथुमको (क) र (ख) बाट सभापति एक, उपसभापति दुई, सचिव दुई, खुला महिला तीन,खुला पुरुष सात सदस्य छन् ।

समानुपातिकतर्फबाट खस महिला एक, जनजाति महिला एक, खस आर्य खुला एक,आदिवासी खुला दुई, दलित एक, मधेसी, अल्पसंख्यक तथा मुस्लिमबाट एक अपा‌ंगता एक गरी २५ सदस्य कार्यसमिति नयाँ हुने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।