महिला फुटबल टोलीले भारतमा हुने फोर नेसन्स प्रतियोगिता खेल्ने

काठमाडौं, ३ मंसिर ।नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतमा आयोजना हुने ‘फोर नेसन्स वुमन्स फुटबल टुर्नामेन्ट’ खेल्ने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालले उक्त प्रतियोगिता खेल्ने जानकारी गराएको हो ।

प्रतियोगिता २३ मंसिरदेखि ६ पुससम्म ( ९-२१ डिसेम्बरसम्म) हुनेछ । यसबारे थप जानकारी भने गराइएको छैन । नेपालले पछिल्लो पटक एसियन कप छनोट खेलेको थियो । तर नेपाल दोस्रो चरणमा स्थान बनाउन असफल भयो ।

एसियन कप आयोजना गर्न लागेको भारतले त्यसअघि तयारीस्वरूप ‘फोर नेसन्स वुमन्स फुटबल’ प्रतियोगिता गराउन लागेको हो । त्यसअघि भारतीय महिला टोलीले ब्राजिलमा हुने ‘फोर नेसन्स वुमन्स फुटबल’ मा सहभागिता जनाउनेछ । प्रतियाेगितामा ब्राजिल, चिली र भेनेजुयलाको सहभागिता रहनेछ ।

कृषि जोन कार्यक्रमले किसान उत्साहित
देउखुरी, ३ मङ्सिर (रासस) :दाङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन लागू भएको छ । उक्त कार्यक्रम लागू भएपछि किसान उत्साहित भएका छन् ।

जिल्लाको देउखुरी क्षेत्रमा मकै जोन, घोराही क्षेत्रमा माहुरी जोन र पश्चिम दाङमा तोरी जोन एकाइ लागू भएको छ । यस्ता कृषिजन्य परियोजना लागू भएपछि दाङका कृषक खुसी भएका छन् । राप्ती गाउँपालिका–२ पाखापानीकी सुनिता चौधरीले मकै सुपरजोन कार्यक्रमअन्तर्गत मकैखेती गर्नुभएको छ । एउटा याममा मात्र मकै खेती गर्ने गरेकामा अहिले उहाँले तीन यामसम्म खेती गर्दै आउनुभएको छ ।

“एउटा याममा रु ८० हजार बराबरको मकै बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “अनुदानमा कृषियन्त्र, उन्नत बीउ पाएपछि खेती गर्न सहयोग पुुगेको छ ।” बाह्रै महिना मकै खेती हुने गरेको छ । “परम्परागत रुपमा रोपिएको भन्दा उन्नत तरिकाले रोपिएको मकैको उत्पादन बढी हुन्छ”, चौधरीले भन्नुभयो । देउखुरी क्षेत्रमा हिउँदे, बसन्ते र वर्षे गरी तीन याममा मकै खेती हुने गरेको छ । परम्परागत खेतीभन्दा तोरी जोन कार्यक्रममार्फत उन्नत जातको तोरी लगाउँदा फाइदा भएको तुलसीपुर–९ का रीता खत्रीले बताउनुभयो । “तोरीमा लाग्ने रोगबारे कृषि प्रविधिकले सल्लाह दिने भएकाले उत्पादनमा वृद्धि भएको हो”, उहाँले भन्नुभयो । गत वर्ष रु दुई लाखको तोरी बिक्री गरेको खत्रीले बताउनुभयो ।

तुलसीपुर–१९ का तिलक खत्रीले व्यावसायिक रुपमा मौरीपालन गर्नुभएको छ । बीस घारबाट थालेका उहाँसँग अहिले ८० घार माहुरी छन् । “तोरी फुल्ने याममा माहुरीको चरन प्रसस्त हुने गरेको छ ।” मौरी सुपरजोन कार्यक्रमले कृषकलाई व्यावसायिक बनाएको छ ।

दाङलाई तोरीमा आत्मनिर्भर बनाउन तोरी सुपरजोन कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक महेश रेग्मीले जानकारी दिनुभयो । किसानलाई बिस्तारै समेट्दै लैजाने र तोरी उत्पादन वृद्धि गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । परियोजना एकाइले २० घारभन्दा धेरै आधुनिक मौरीपालन गर्दै आएका किसानलाई मौरी जोनमा आबद्ध गर्ने गरेको छ । आबद्ध भएका व्यवसायीको क्षमता विकास, सीप विकास र घार तथा प्रविधिमा सहयोग गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि क्षेत्रको उत्पादन र यस कार्यक्रमले खेत जोत्ने ट्याक्टर, बीउ छर्ने, गोडमेल गर्ने, मकै छोडाउने मेसिनजस्ता कृषि यन्त्र खरिद गर्दा किसानले ५० प्रतिशत लागत सहभागिता जुटाउन पर्छ ।

उत्पादकत्व वृद्धि गर्ने आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्न सञ्चालन गरिएको हो । कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर बनाउनु यो कार्यक्रमको लक्ष्य हो ।

दाङमा करिब साढे ३०० हेक्टरमा उन्नत जातको तोरी खेती गरिएको छ । तोरी उत्पादनले आयआर्जनमा वृद्धि भएको छ । यो कार्यक्रम आव २०७३÷७४ देखि दाङका सबै पालिकामा सञ्चालित छ । आर्थिक वर्ष २०७७÷७८ को अन्तसम्ममा मकै सुपरजोनमा दुई हजार ९०० हेक्टर, तोरी जोनमा ७५० हेक्टर र मौरी जोनमा १३ हजार ४०० घारमा विस्तार भएको छ । मकै सुपर जोनमा १०१, तोरी जोनमा ४३ तथा मौरी जोनमा १४२ सहकारी समूह, निजी उद्यमी र व्यवसायी आबद्ध छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।