इलाम २ (ख) बाट कांग्रेस सभापतिमा खगेन्द्र लिम्बू निर्वाचित

इलाम, ४ मंसिर । इलाम निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रको सभापतिमा खगेन्द्र लिम्बू विजयी भएका छन् । उनले एक सय ५५ मत प्राप्त गरेका छन् । लिम्बू जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्य समूहबाट प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका थिए ।

उनको निकटम प्रतिस्पर्धी लक्षमण राईले एक सय सात मत पाए । उनी पूर्व जिल्ला सभापति केशव थापा निकट हुन् । त्यस्तै, लक्षमण कार्कीले ८८ मत पाएका छन् । कार्की जिल्ला सभापतिका आकांक्षी डम्बर खड्का समूहका उम्मेदवार हुन् । प्रदेश सभा क्षेत्र निर्वाचन क्षेत्रको सभापतिका अर्का प्रत्यासी सुवास आङथुपो सुब्बाले ६९ मत प्राप्त गरे । उनी जिल्ला सभापति हिमालय कर्मचार्यको प्यालनबाट उम्मेदवार बनेका थिए ।

उपसभापतिमा पदमा केशर लिम्बू र हरिप्रसाद कोइराला विजयी भएका छन् । लिम्बूले दुई सय ५९ र कोइरालाले दुई सय १४ मत प्राप्त गरेका छन् । चार प्रतिस्पर्धीमध्ये पुष्पराज कार्की एक सय ५३ र हेमनारायण श्रेष्ठ राजनले एक सय १६ मत पाएका छन् ।

सचिवमा धनबहादुर लिम्बू भीमबहादुर मगर निर्वाचित भएका छन् । लिम्बूले एक सय ९९ र मगरले एक सय ९१ मत प्राप्त गरेका छन् । पाँच प्रतिस्पर्धीमध्ये तुलसीकुमार बुढाथोकीले एक ४५, लोकेश अधिकारी एक सय ४२ र दिपक गौतमले ८७ मत प्राप्त गरेका छन् ।

सहसचिवमा सदेश राई र चन्द्र फियाक लिम्बु निर्वाचित भएका छन् । राईले दुई सय ६७ र लिम्बुले दुई सय २४ मत प्राप्त गरेका थिए । निकटतम प्रतिस्पर्धी भेषराज पराजुलीले एक सय ८८ मत पाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।