कांग्रेस महाधिवेशन: क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता, समूहगत प्रतिस्पर्धा

ओखलढुंगा, ५ मंसिर/नेपाली कांग्रेसकाे नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएकाे छ । दुई चरणमा हुने निर्वाचनअन्तर्गत पहिलाे चरणमा निर्वाचन क्षेत्रस्तरीय समिति र प्रदेश प्रतिनिधि चयन हुनेछन् । शनिबार प्रदेश प्रतिनिधि र क्षेत्रीय समिति निर्वाचनका लागि मनाेनयन दर्ता भएकाे निर्वाचन अधिकृत खिलाराज श्रेष्ठले बताए ।

उनकाअनुसार प्रदेश निर्वाचन क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता भइसकेकाे छ । क्षेत्र १ ‘क’ मा ४९ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने क्षेत्र १ ‘ख’ मा ५० जनाले उम्मेदवारी दर्ता गरेका हुन् । संस्थापन समूह र काेइराला समूहबाट प्यानलै उम्मेदवारी दर्ता भएकाे, दाबी विराेध पनि नभएकाे र आइतबार निर्वाचन हुने श्रेष्ठले बताए ।

क्षेत्रीय समितिमा सभापतिसहित उपसभापति, सचिव र सहसचिव २/२ जना र १७ सदस्य तथा प्रदेश प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ । दुवै समूहले समूहगत प्रतिस्पर्धा गर्ने अभ्यास थालेका छन् । जिल्ला तहमा पनि फरक फरक प्यालनकाे उम्मेदवारी दर्ता हुने नेताहरुले बताएका छन् । १ हजार ४४३ प्रतिनिधिले क्षेत्र, जिल्लाकाे समिति तथा प्रदेश र संघीय महाधिवेशनका लागि १४ र १० जना प्रतिनिधि निर्वाचित गर्नेछ । दुवै समूहबीच तीव्र प्रतिस्पर्धा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।