मोरङमा कोइरालाको वर्चश्व

विराटनगर, ५ मंसिर/नेपाली कांग्रेस मोरङमा संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना सभापतिमात्र विजयी भएका छन् ।

मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सर्वसम्मत भएपछि थप आठ वटामा सभापति चयन गर्न शनिबार निर्वाचन भएको थियो । साँझदेखि नै मतगणना आरम्भ भएको थियो । आइतबार बिहान प्राप्त मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नरबहादुर तामाङ र ‘ख’ मा राजकुमार लामा निर्वाचित भएका छन् । लामा सर्वसम्मत भएका हुन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा कन्यैहालाल राजवंशी र ‘ख’ देवेन्द्र बस्नेत विजयी भएका छन् । कन्हैयालाल सर्वसम्मत चयन भएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ गंगा याक्खा र ‘ख’ जगतलाल चौधरी, क्षेत्र नम्बर ४ ‘क’ मा एकाराम माझी र ‘ख’ मा सुबोध निरौला निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ अचानु खाँ गन्गाई र ‘ख’ जितु साह सर्वसम्मत चुनिएका छन् । कांग्रेस नेता अमृत अर्यालको समर्थन र सहयोगमा चयन भएका उनीहरु देउवा पक्षकारुपमा चिनिन्छन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ दिपक भगत र ‘ख’ मधुवाबु तिवारी विजयी भएका छन् । निर्वाचनबाट प्रदेश निर्वाचन क्षेत्रको सभापतिसहित पदाधिकारी निर्वाचति भएको मोरङ कांग्रेसका सचिव मोदराज घिमिरेले जानकारी दिए ।

घिमिरेकाअनुसार मोरङको मत परिणामअनुसार जिल्लामा पौडेल–कोइराला समूह बलियो देखिएको छ । निर्वाचनबाट हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् । जिल्लाबाट जम्मा १९२ जना अधिवेशन प्रतिनिधिले प्रदेश पदाधिकारी चयन गर्न मत खसाल्ने छन् ।

मोरङ कांग्रेसकाअनुसार जिल्लामा जम्मा ३५५१ क्षेत्रीय प्रतिनिधि विजयी भएका थिए । प्रदेश प्रतिनिधि र पदाधिकारी चयन गर्न तीमध्ये करिब ९९ प्रतिशतले मत खसालेको पार्टी सचिव घिमिरेले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।