कांग्रेस पाँचथर प्रदेशसभा ‘ख’को सभापतिमा श्रेष्ठ विजयी

पाँचथर, ५ मंसिर /नेपाली कांग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा मैया श्रेष्ठ लावती विजयी भएकी छन् । आइतबार सम्पन्न भएको मतगणनाअनुसार श्रेष्ठले २७३ मत प्राप्त गर्दै विजय हासिल गरिन् । श्रेष्ठका प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामाले २०९ मत प्राप्त गरेका छन् । श्रेष्ठ जिल्ला सभापतिका उम्मेद्वार सुरेन्द्रकुमार दाहाल पक्षधर हुन् भने लामा जिल्ला सभापतिका अर्का उम्मेद्वार रुपनारायण जबेगू पक्षधर हुन् ।

उपसभापति पदमा श्रेष्ठको प्यानलका तेजबहादुर चेम्जोङ २९१ मत र लामा प्यानलका जितबहादुर भण्डारी २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसभापति पदमा गणेश मिश्रले ११२ मत र महेन्द्रकुमार आङ्देम्बेले १८६ मत पाएका छन् । प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सचिवमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै दुई जना सहसचिवमा ज्योती प्रभा भण्डारी २७२ र नरेन्द्र शेर्माले २४२ मत सहित विजयी भएका छन् । सहसचिव पदमा गोपाल घिमिरेले १८० मत र भीमप्रसाद हुँमागाईंले १४५ प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ख मा कांग्रेसको क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागि वडा कार्यसमितिका सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए । पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र क मा भने हिजो नै मतगणना सम्पन्न भएको थियो । उक्त क्षेत्रमा भगीश्वर योङहाङ नेतृत्वको प्यानल विजयी भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖