खोटाङ कांग्रेस अधिवेशन : पालिकामा प्रतिस्पर्धा, जिल्लामा सहयात्रा

खोटाङ, ५ मंसिर /खोटाङको जन्तेढुंगा गाउँपालिकामा पालिका अधिवेशनमा चुनाव लडेका दुई प्यानल जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा एक ठाउँमा उभिएका छन् । गत ९ असोजमा भएको कांग्रेसको पालिका अधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट लडेका सुशील राई (अमित) र कृष्ण सिटौला प्यानलबाट लडेका बाजिन्द्र बिष्टको समूह जिल्ला अधिवेशनमा एक भएका हुन् ।

देउवानिकट सभापतिका आकांक्षी पूर्वराज्यमन्त्री सर्वधन राई र सिटौलानिकट महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईबीच जिल्ला अधिवेशनमा संयुक्त प्यानल बनाएर चुनाव लड्ने सहमति भएसँगै गाउँपालिकाको दुई प्यानल एक भएका हुन् । हालसम्म जिल्ला सभापतिमा दाबी गर्दै आएका महाधिवेशन प्रतिनिधि भूपेन्द्रले जिल्ला अधिवेशनको अघिल्लो दिन पूर्वराज्यमन्त्री सर्वधनलाई सभापतिमा समर्थन गर्ने सहमति गरेका हुन् ।

कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्ट, सभापतिमा पराजित सुशील राई (अमित), कांग्रेस नेता खेम खड्का, देवराज बस्नेत, देवेन्द्र बस्नेत, प्रेमबहादुर बस्नेत, नृपबहादुर चौलागाईंलगायतले दिक्तेलको त्रिवेणीचोकमा सामूहिक तस्बिर खिचाएर दुई प्यानल एक भएको सन्देश दिएका छन् । पालिका अधिवेशनमा बिष्टले ५५ मत र राईले ३४ मत ल्याएका थिए । सो गाउँपालिकामा १०१ जना क्षेत्रीय प्रतिनिधि छन् ।

नेता खड्का र नेपाल प्रेस युनियन खोटाङका सभापति उत्तम चौंलागाईं दुई प्यानलबीचमा हारजीतको तुष मेटाउँदै जिल्ला अधिवेशनदेखि आगामी स्थानीय तह लगायतका निर्वाचनमा एक भएर जाने सहमति गराएका हुन् ।‘पालिका अधिवेशनमा नेता तथा कार्यकर्ता दुईवटा फरक टिममा विभाजित थियो । जिल्ला अधिवेशनमा भने संयुक्त रूपमा जाने सहमति बनेको छ’, चौलागाईंले भने, ‘पार्टीलाई थप मजबुद बनाएर आगामी स्थानीय तहको चुनावमा प्रतिपक्षविरुद्ध लड्नसमेत सहज बनेको छ ।’

कांग्रेसको जिल्ला सभापतिमा पूर्वसभापति विष्णुकुमार राई र महासमिति सदस्य रविप्रकाश राई पनि अघि सरेका छन् । रामचन्द्र पौडेल निकट विष्णुकुमारलाई शेखर कोइराला टिमको समर्थन छ । रविप्रकाश देउवा निकट हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।