कांग्रेस अधिवेशन : पाँचथरमा छैन केन्द्रका गुट

पाँचथर, ६ मङ्सिर /नेपाली का‌ंग्रेसको १४औं महाधिवेशनअन्तर्गत साेमबार पाँचथरमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान हुँदै छ ।निर्वाचन समितिका अनुसार कांग्रेस पाँचथरका पूर्व सचिव सुरेन्द्रकुमार दाहाल र वर्तमान सचिव रुपनारायण जबेगूले प्यानल निर्माण गरी जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा उम्मेद्‌वारी दिएका छन् । दुई समूहका अतिरिक्त अन्य केही का‌ंग्रेस नेता कार्यकर्ताले समेत विभिन्न पदमा उम्मेद्‌वारी दर्ता गराएका छन् ।

दाहाल समूहले आफ्नो प्यानलबाट उपसभापतिको उम्मेद्‌वारमा हालका जिल्ला कार्यसमितिका अर्का सचिव बृजहाङ आङदेम्बे र डेकेन्द्र चेम्जोङ मैदानमा उतारेको छ । सचिवमा धनराज तुम्बापो र डेकेन्द्रकुमार तामाङ तथा सहसचिवमा सन्तोष श्रेष्ठ र कृष्ण फियाक चुनावी मैदानमा छन् ।जबेगू समूहले उपसभापतिमा मणिचन्द्र चेम्जोङ र समरबहादुर अधिकारीलाई उम्मेद्‌वार बनाएको छ । सचिवमा दिपक नेपाल र सुबराज थापा तथा सहसचिवमा गजेन्द्र राई र धनसिंह नेम्वाङ चुनावी मैदानमा छन् ।

कांग्रेस पाँचथरका वर्तमान सभापति नरेन्द्रकुमार केरुङ, उपसभापति मित्रप्रसाद काफ्लेसहित पुराना र युवा पुस्ताका नेताहरू दुवै समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेद्‌वार बनेका छन् । एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पाँचथरमा आइतबार सम्पन्न प्रदेशसभा क्षेत्रीय अधिवेशनमा दुवै समूहले एकएक क्षेत्रीय कार्यसमितिमा वर्चस्व राखेपछि चुनावी प्रतिस्पर्धा रोमाञ्चक देखिएको छ ।

रोचक पक्ष चाहिँ केन्द्रमा रहेको का‌ंग्रेस गुटबन्दीको प्रभाव पाँचथरमा देखिँदैन । विशेषत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको पक्ष लिएर जिल्ला कार्यसमितिमा प्रतिस्पर्धा हुन नै सकेको छैन् । सभापतिका दुवै उम्मेद्‌वारले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल वा देउवाइतरका नेतालाई आफूले समर्थन रहेको बताउने गरेका छन् । अन्य पदाधिकारीका उम्मेद्‌वार भने विगतमा देउवा तथा नेता कृष्णप्रसाद सिटौलाको समर्थनमा खुल्ने गरेका व्यक्तिहरू समेत छन् । न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।