कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सुरू

तेह्रथुम, ६ मंसिर/नेपाल कांग्रेस तेह्रथुमको जिल्ला अधिबेशन सुरु भएको छ । सदरमुकाम म्याङ्लुङमा धिवेशन सुरू हुनुअघि पार्टीका नेता कार्यकर्ताले च्याब्रुङ, नौमती बाजाको साथमा बजार परिक्रमामा गरेका थिए ।

जिल्ला सचिव सन्तोष सुब्बाका अनुसार केन्द्रीय सदस्य सीता गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन सुरू भएको हो । जिल्ला सभापतिको लागि अर्जुन तुम्बाहाम्फे र कमल ढुंगाना प्रतिस्पर्धामा छन् । अधिवेशनमा प्रदेश सभा (क)अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १७६, लालिगुराँस नगरपालिकाबाट १५१ र छथर गाउँपालिकाबाट ९७ गरी ४२४ जना क्षेत्रीय प्रतिनिधि छन् ।

प्रदेश सभा (ख) आठराई गाउँपालिकाबाट ११८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १०६ गरी ३०९ जना क्षेत्रीय प्रतिनिधि छन् । जिल्ला अधिवेशनमा ७३३ क्षेत्रीय प्रतिनिधिको सहभागिता रहने जिल्ला निर्वाचन अधिकृत लक्ष्मण रन्जितले बताए ।

जाजरकोटमा महको उत्पादन घट्यो
जाजरकोट, ६ मङ्सिर (रासस)ःनलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गर्नुभएको थियो । यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उहाँ अहिले निराश हुनुभएको छ ।

सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन । व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएका उहाँ आम्दानी घटेपछि अहिले निराश हुनुहुन्छ । बुढा र पुन उदाहरणका पात्र हुनुहुन्छ । अहिले जिल्लाका ३५० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेको बताउछन् । गत असोज कात्तिक महिनामा भएको बढी वर्षाले चिउरीलगायत अन्य फूलको रस बगाउदा जिल्लाभर मह उत्पादन घटेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले बताउनुभयो ।

मौरीलाई चरन क्षेत्रको अभाव, वन विनाश, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दै गएको उहाँको भनाइ थियोे । विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्या पनि अर्को कारण हो ।गतवर्ष प्रतिधार्नी एक हजार ५०० मूल्य पर्ने मह यो वर्ष दुई हजार ५०० देखि तीन हजार पुगेको छ । उत्पादन घट्दा मूल्य वृद्धि भएको हो । मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान यो वर्ष निराश भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।