कांग्रेस महाधिवेशन : जिल्ला सभापतिका प्रत्यासी पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित

चितवन, ७ कात्तिक/नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको केन्द्रिय महाधिवेशन प्रतिनिधिको चुनावमा जिल्ला सभापतिका प्रत्यासी जगन्नाथ पौडेल पराजित भएका छन् । चितवन निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवारी दिएका जिल्ला सभापतिका प्रत्यासी पौडेल पराजित भएका हुन् । सभापतिको लागि प्रचारप्रसार गर्दै आएका पौडेलको जिल्ला सभापति बन्ने चाहना टुंगिएको छ ।

महाधिवेशन प्रतिनिधि बन्न एक क्षेत्रबाट खुल्लामा १० जना उम्मेदवार मात्रै निर्वाचित हुन सक्ने व्यवस्था छ । पौडेल त्यो १० उम्मेदवारभित्र पर्न नसकेको क्षेत्र नं २ का कांग्रेस महाधिवेशन निर्वाचन अधिकृत श्रीराम सापकोटाले बताए ।जिल्ला सभापतिमा पौडेलसहित आठ जनाले आकांक्षा देखाएका थिए । आकांक्षीहरुको सूचीबाट पौडेलको नाम हटेसँगै अब सात जना मात्र भएका छन् । पौडेल वरिष्ठ अभिवक्ता एवं पूर्व सांसद समेत हुन् ।

कांग्रेसले महाधिवेशनको घोषणा गरेसँगै जिल्ला सभापतिको लागि उनले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्षसमेत बनिसकेका पौडेल बालकुमारी कलेज नारायणगढका स्थापनाकर्ताहरू मध्येका एक हुन् । हाल उनी सोही क्याम्पसको सञ्चालक समितिका अध्यक्ष हुन् ।२०४९–२०५३ मा तत्कालीन भरतपुर नगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि जनप्रतिनिधिका रूपमा पनि काम गरेका पौडेलले राष्ट्रिय सभा सदस्य भएर पनि काम गरिसकेका छन् ।

हुम्लाको लिमीमा सकियो जनगणना
सिमकोट, ७ मङ्सिर (रासस) :राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको मूल जनगणना यही मङ्सिर ९ गते सकिँदैछ ।

जनगणना कार्यालयका प्रमुख विनोद भट्टका अनुसार उत्तरी भेगको नाम्खा गाउँपालिका–६ लिमीमा जनगणना सम्पन्न भएको छ । निर्धारित समयअगावै स्थानीय गणकले विवरण सङ्कलनको काम सम्पन्न गरेका हुन् । लिमीको हल्जी, तिल र जाङ्ग गाउँमा विवरण सङ्कलन सकिएको गणक तन्जिन फुर्बु तामाङले जानकारी दिनुभयो । सात गाउँपालिका रहेको हुम्लामा ४४ वडा छन् । जिल्लाका ४४ मध्ये वडा नं ६ लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ ।

गणक सदरमुकाम सिमकोटबाट चार दिन हिँडेर लिमी पुगेका थिए । उनीहरुले गत मङ्सिर २५ गतेदेखि विवरण सङ्कलन सुरु गरेका थिए । गणक तामाङले स्थानीयवासीको सहयोगमा समयभन्दा अगावै प्रश्नावली भर्ने काम सम्पन्न भएको बताउनुभयो । यसपटकको गणनामा लिमीका १४७ घरधुरीको विवरण सङ्कलन भएको छ ।

जडीबुटी सङ्कलनले गणकलाई फारम भर्न समस्या

जिल्लाका अधिकांश नागरिक यतिबेला वनमा जडीबुटी सङ्कलन गर्न गएका छन् । यसले उनीहरुको विवरण सङ्कलन तथा फारम भर्न समस्या भएको प्रमुख भट्टले बताउनुभयो । “अधिकांश नागरिक जडीबुटी सङ्कलनका लागि वनपाखातिर गएका छन्”, उहाँले भन्नुभयो ।

जडीबुटी सङ्कलन गर्न गएका कारण समस्या भएको गणकले गुनासो गरेका छन् । सिमकोट–१ र २, खार्पुनाथ गाउँपालिका–२, ३ र ५, चङ्खेली गाउँपालिका–५ का बासिन्दा यतिबेला जडीबुटी सङ्कलन गर्न वन गएका छन् । उनीहरु पुसपछि मात्रै घर फर्किन्छन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।