सुनसरी-४ मा कांग्रेस संस्थापन पक्षको प्यानल नै विजयी

प्रकाश तिम्सिना/सुनसरी, ९ मंसिर । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ मा संस्थापन पक्षको प्यानलै विजयी भएको छ । सार्वजनिक मतपरीणाम अनुसार संस्थापन पक्षका ऐयुब अन्सारी नेतृत्वको प्यानलै विजयी भएको हो । अन्सारीले ६ सय ५४ मतमध्ये ४ सय २७ मत ल्याएर पुन: सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी संस्थापन इतर समूहका जमिल अख्तर आजादले २ सय २० मतमै चित्त बुझाए ।

यसैगरी सचिवमा रोशनकुमार खड्का ३ सय ९८ र जुगेश्वर यादव ३ सय ८७ मत ल्याएर निर्वाचित भएका छन् । इतर समूहबाट उम्मेदवारी दिएका धिरज भट्टराईले २ सय ३६ र पूर्णराज यादवले २ सय २१ मत मात्र पाए । सहसचिवमा पनि अन्सारी प्यानलका जितेन्द्र यादवले ४ सय १२ र सन्तकुमार राईले ३ सय ९० मत ल्याएर निर्वाचित भएका छन् । उनीहरूविरुद्ध उम्मेदवारी दिएका खेमराज कार्कीले २ सय ३२ र सुशीला थापा बस्नेतले २ सय १६ मत ल्याएर पराजित भएका छन् ।

सुनसरी- ४ संस्थापन पक्षको एक मात्र साख जोगाउने क्षेत्र देखिएको छ । २०७४ सालमा भएको चुनावमा हाल सरकार प्रवक्ता तथा सूचना सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए । जिल्लाको अन्य क्षेत्रमा पौडेल-कोइराला समूह अगाडि छ । सुनसरी-२ को क्षेत्रीय सभापतिमा संस्थापन इतर समूहका लीलामणि सुवेदी विजयी भएका छन् । उनले संस्थापन समूहका मणिराम श्रेष्ठलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन्। श्रेष्ठले ३६२ मत प्राप्त गर्दा सुवेदीले ४८८ मत प्राप्त गरेका थिए ।

सचिवमा सुवेदी प्यानलका मनोज कुमार चौधरी, र संस्थापन समूहका कृष्णदेव मेहता निर्वाचित भएका छन् । सहसचिवमा सुवेदी प्यानलका खेमराज पोखरेल र शत्रुधन शाह निर्वाचित भएका छन् ।क्षेत्र नम्बर ३ मा आज बिहीबार चुनाव गर्ने तयारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।