कांग्रेस महाधिवेशन : सुर्खेतका दुई पूर्वमन्त्री र बहालवाला पार्टी सभापति पराजित

सुर्खेत, ९ मंसिर/नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्र्तगत दुई पूर्व मन्त्री र पार्टीका जिल्ला सभापति केन्द्रीय महाधिवेशन प्रतिनीधिमा पराजित भएका छन् । सुर्खेत क्षेत्र नं. २ बाट पूर्वमन्त्रीद्वय शिवराज जोशी र खड्कबहादुर बस्याल तथा हालका पार्टी सभापति कमलराज रेग्मी पराजित भएका हुन् ।

सुर्खेत क्षेत्र २ मा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्यानलगत चुनावमा होमिएका थिए । महाधिवेशन प्रतिनिधिमा पराजित पार्टी सभापति रेग्मी र पूर्वमन्त्रीद्वय जोशी र बस्याल पौडेल समूहका नेता हुन् । निर्वाचन समितिका अनुसार पार्टी सभापति रेग्मीले तीन सय २० मत प्राप्त गरे । यस्तै पूर्वमन्त्री जोशीले तीन सय १० मत प्राप्त गरे ।

रेग्मी दाेस्राे कार्यकालका लागि पार्टी सभापतिमा चुनाव लड्ने तयारीमा थिए । केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि दलित कोटाबाट उम्मेदवारी दिएका पूर्वस्वास्थ्य राज्यमन्त्री खड्कबहादुर बस्याल पनि पराजित भएका छन् । उनले तीन सय दुई मत ल्याए । संस्थापन समूहका लोकबहादुर विश्वकर्मा चार सय ७३ मत ल्याएर विजयी भए । मंगलबार सम्पन्न निर्वाचनबाट सुर्खेतका दुईवटै क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा संस्थापन (देउवा) समूहले एकलौटी गरेको छ ।

क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिको सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगीले सात सय १९ मत ल्याएर विजयी हुँदा पौडेल समूहका बलबहादुर वलीले एक सय तीन मत मात्रै प्राप्त गरे । क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको सभापतिमा संस्थापन समूहका इन्द्रबहादुर रावत विजयी भए । उनले चार सय ८६ मत ल्याए । उनका प्रतिद्वन्द्वी पौडेल समूहका ललित भट्टराईले २८८ मत प्राप्त गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।