प्रदेश १ बाट एमाले महाधिवेशनमा ४५० बस सौराहा प्रस्थान

बिराटनगर, ९ मंसिर । नेकपा एमालेको १०‍औं राष्ट्रिय महाधिवेशनका लागि ४ सय ५० बस सौराहा प्रस्थान गरेका छन् । प्रदेश १ बाट २५ हजार नेता कार्यकर्ता ओसार्न उक्त बस प्रयोग गरिएको जनाइएको छ ।

महाधिवेशनमा सहभागी हुने नेता कार्यकर्ता ओसार्न थप दुई सय बढी निजी गाडी पनि प्रयोग गरिएको छ । प्रदेश १ का तराईका तीन जिल्लाबाट सबै भन्दा बढी गाडी प्रयोग भएका छन् । झापा, मोरङ सुनसरीबाट तीन सय बढी सार्वजनिक गाडी कार्यकर्ता ओसार्न प्रयोग गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ ।

एमाले १ नम्बर प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेका अनुसार प्रदेश भरबाट महाधिवेशनका लागि २५ हजार सहभागी हुदैछन् ।

महाधिवेशनमा सहभागी हुन नेता कार्यकर्ता जिल्ला-जिल्लाबाट हिँडिसकेको प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले बताए । गाडीको व्यवस्थापन भने जिल्ला तथा पालिका स्तरले आफै गरेका छन् ।

महाधिवेशन प्रतिनिधिमा मोरङबाट सबै भन्दा धेरै ५७, झापाबाट ४९, सुनसरीबाट ४२, धनकुटाबाट १६, ओखलढुगांबाट १२, इलामबाट २१, भोजपुर र तेह्रथुमबाट ९/९, खोटाङबाट १४, संखुवासभाबाट १३, उदयपुरबाट १६, सोलुबाट ७, पाँचथरबाट ८ ताप्लेजुङबाट १३ र प्रदेश १ मजदुर कोटाबाट ७ गरी कूल २ सय ९८ महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।