विवाद भएपछि कांग्रेस खोटाङको मतगणना स्थगित
खोटाङ, १० मंसिर । नेपाली कांग्रेस खोटाङको मतगणना स्थगित भएको छ । बिहीबार राति मतगणनाका क्रममा विवाद भएपछि गणना रोकिएको हो । जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई समूहले मतपत्र दुई खालको भेटिएको भन्दै आवाज उठाएपछि मत गणना स्थगित भएको हो ।मतपत्रका विषयमा असन्तुष्टि जनाउँदै सर्वधनको समूहले जिल्ला निर्वाचन अधिकृतको कार्यालय समक्ष निवेदन दर्ता गराएकाे छ ।
१ हजार ३२२ मत खसेकामा १ हजार १०० मत गणना हुँदा सभापतिका उम्मेदवार विष्णुकुमार राईले ८० मतले अग्रता लिएका थिए । पौडेल निकट राईले ५७१ मत पाउँदा देउवा निकट सर्वधनले ४९१ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बुबाआमाले खेती किसानी गरेर पढाएकी छोरी मनिषा बीबीएसमा नेपाल टप
हेटौंडा : त्रिभुवन विश्वविद्यालय अन्तर्गत ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) संकायको पाँचौं सेमेष्टरको परीक्षामा मकवानपुर बहुमुखी क्याम्पसकी विद्यार्थी मनिषा लुईंटेल नेपाल प्रथम भएकी छिन् । उनले बीबीएम संकायको पाँचौं सेमेष्टरमा ३.९ सिजिपिए प्राप्त गर्दै नेपाल प्रथम भएकी हुन् । त्यस्तै मकवानपुर बहुमुखी क्याम्पसकै प्रजिता सुवेदीले ३.८८ सिजिपिए सहित नेपाल द्वितीय भएकी हुन् ।
मकवानपुर बहुमुखी क्याम्पसका बीबीएम संकायको पाँचौं सेमेष्टरका सबै विद्यार्थी प्रथम श्रेणीका साथ शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । उता जनकपुरको श्री माध्यमिक विद्यालयबाट एसइईमा ३.७ जिपिए ल्याएपछि आशिक झा पढ्न काठमाडौं छिरे। उनले नाम चलेको सेन्ट जेभियर्स स्कुलमा छात्रवृत्तिमा नाम निकाल्ने अठोटसहित विज्ञान र ए लेभलको प्रवेश परीक्षा दिए। सेन्ट जेभियर्समा अध्ययनका लागि प्रवेश परीक्षा दिनेको लाइन हरेक वर्ष एक किलोमिटरभन्दा लामो हुने गर्छ।
जहाँ एक से एक स्कुल पढेका विद्यार्थीबीच प्रवेश परीक्षामै कडा प्रतिस्पर्धा हुन्छ। जनकपुरको सामान्य सरकारी स्कुलमा पढेका आशिकले त्यही चुनौतीबीच सेन्ट जेभियर्समा नाम निकाले। तर नाम निकालेको खुशी लामो समय टिक्न सकेन। कलेजले १ लाख ८० हजार रुपैयाँ मागेपछि उनी निराश भए। ‘म सामान्य परिवारको मान्छे हुँ। बुबाआमा खेती किसानी गर्नुहुन्छ’ आशिकले भने, ‘त्यति धेरै खर्च गरेर पढाउने मेरो परिवारको क्षमता थिएन। त्यसैले नाम निकाले पनि सेन्ट जेभियर्समा पढ्ने सपना छाडेँ।’
सेन्ट जेभियर्सले पैसाका कारण नपत्याएका आशिक बिहीबार राति आएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजामा उत्कृष्ट सावित भएका छन्।चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका सार्वजनिक गरेको प्रवेश परीक्षाको नतिजा अनुसार हजारौं विद्यार्थीमा ४ हजार ३ सय ९१ जना उत्तीर्ण भएका छन। तीमध्ये एक नम्बरमा जेन्ट जेभियर्सले नपत्याएर सरकारी स्कुलमै पढेका आशिकको नाम छ।
सेन्ट जेभियर्सले नपढाउने भएपछि नजिकै रहेको त्रिपुरेश्वरमा रहेको सामुदायिक स्कुल विश्व निकेतनमा भर्ना भएका थिए। प्लस टु सामुदायिक स्कुलबाटै पढेर एमबीबीएस उत्कृष्ट सावित भएपछि आशिकको खुशीको सीमा छैन।‘आफ्नो कलेज, आफ्नो ठाउँ, परिवारका लागि केही गर्न सके भन्ने भएको छ,’ उनी भन्छन्, ‘यसपछि पनि यसमा केही राम्रो गर्ने र आफ्ना जुनियरहरूलाई पनि केही सिकाउने इच्छा छ।’ ‘२०० नम्बर ल्याउने गरी तयारी गरेको थिएँ’२०० नम्बरको प्रवेश परीक्षामा उनले १८६ नम्बर ल्याएका छन्। दोस्रो नम्बरका अमृत ज्ञवालीको उनीभन्दा ३ अंक कम छ।
आशिकले पहिलो प्रयासमै एमबीबीएस प्रवेश परीक्षा टप गरेका हुन्। ‘एक नम्बरमा नाम निकाल्छु, निकाल्दिनँ, त्यो चाहिँ मेरो दिमागमा चलेन,’ तयारीबारे उनले भने, ‘सकेसम्म राम्रो गर्छु, दुई सयमा दुई सय ल्याउँछु भनेर तयारी गरेको थिएँ। मेरै केही कमजोरीका कारण दुई सयबाट १४ अंकले पछि परेँ।’ एमबीबीएस प्रवेश परीक्षाका लागि उनको तयारी गत वर्ष भएको पहिलो लकडाउनबाट सुरु भएको हो।


