एमाले महाधिवेशनकाे बन्दसत्र आजबाट

काठमाडौं, ११ मंसिर/नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज शनिबारबाट सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन शुक्रबार चितवनस्थित नारायणी नदी किनारमा भएकामा बन्दसत्र आज सौराहामा हुन लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बन्दसत्र बिहान १० बजेबाट सुरु हुनेछ । बन्दसत्रको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ । एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेता आएका छन् ।

बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले केन्द्रीय कमिटीको शुक्रबार रातिको बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी, ९९ सदस्यीय पोलिट्ब्युरो बन्ने छ भने स्थायी कमिटी ४५ सदस्यीय हुनेछ ।

सचिवालयको आकार बढाएर १९ सदस्यीय बनाइएको छ । अब एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष महासचिव एक/एक जना हुनेछन् भने उपाध्यक्ष ६ जना रहनेछन् ।

उपमहासचिव र सचिवको संख्या क्रमशः ३ र ७ कायम गरिएको छ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।