पाँच राजनीतिक दलका प्रमुख एउटै वडाका

खोटाङ, ११ मंसिर /खोटाङ हलेसी तुवाचुङ नगरपालिकामा पाँच राजनीतिक दलका प्रमुख एउटै वडाका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी)को नगर कमिटी अध्यक्ष सबै एउटै वडाका हुन् । पाँचै पार्टीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका नेताहरूलाई नगर कमिटीको प्रमुखको जिम्मेवारी सुम्पिएका छन् ।

एमालेले दुर्छिमका डिल्ली चाम्लिङ, कांग्रेसले चक्रकुमार राई, माओवादी केन्द्रले राजुबिक्रम चाम्लिङ, जनता समाजवादी पार्टीले मबिन्द्र राई र नेकपा (एकीकृत समाजवादी)ले मकर राईलाई नगर कमिटिको अध्यक्ष बनाएको छ ।

१ चैत ०७५ संघीय समाजवादी फोरम (हाल जनता समाजवादी पार्टी)ले दुर्छिमका मबिन्द्रलाई नगर कमिटीको अध्यक्ष चुनेको थियो । संघीय समाजवादी र नयाँ शक्ती मिलेर बनेको संघीय समाजवादीले २७ जेठ ०७६ मा र जसपासँग मिलेर बनेको जनता समाजवादीले पनि २७ भदौ ०७७ मा मबिन्द्रलाई नगर कमिटी अध्यक्षमा निरन्तरता दियो । त्यसपछि संयोगवश वा नियतवश क्रमशः अन्य दलले पनि दुर्छिमकै नेतालाई नगर कमिटीको अध्यक्ष चयन गरेका हुन् ।

११ वडा रहेको नगरपालिकामध्ये दुर्छिमको प्रतिनिधित्व राजनितीमा बढी भएका कारण सबैजसो पार्टीले दुर्छिमका नेतालाई नगरको नेतृत्वमा विश्वास गरेको जसपाका नगर अध्यक्ष राईले बताउँछन् । ‘दुर्छिमकै डिल्लीसेर राई, नयनकुमार राई जस्ता नेताले २०२६ सालमा दुर्छिम मावि स्थापना गर्नु भयो । विद्यालय स्थापना भएपछि यहाँका नागरिक शिक्षित भए । राजनैतिक चेतनाको विकास भयाे, राजनीतिप्रति चासो जगाए,’ उनले भने, ‘संख्यात्मक हिसाबले राजनीतिमा यहीँकै मान्छे बढी सहभागी हुन पुगे । यही कारण सबै दलको नेतृत्व दुर्छिमले पाएको जस्तो लाग्छ ।’

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको १०औं महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन् ।पार्टीको सात सय ५३ पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले एमालेको महाधिवेशनमा विचारलाई निषेध गरिएको बताए । ‘तपाईहरूले देख्नु नै भएको छ कुम्भमेलामा विचारलाई कुनै महत्व नै छैन । यसरी पनि महाधिवेशन हुने रहेछ । हाम्रो राष्ट्रिय सम्मेलन अरु पार्टीको महाधिवेशनसँग तुलना नै हुन सक्दैन,’ प्रचण्डले भने ।

माओवादी केन्द्रको पालिका सम्मेलनको तयारी र पार्टीको पुर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले प्रचण्ड एमालेको चितवनमा सुरु भएको महाधिवेशनमा शुभकामना गर्न गएका थिएनन् । माओवादी केन्द्रबाट नेता लीलामणि पोखरेलले एमालेको महाधिवेशनलाई सम्बोधन गर्दै शुभकामना दिएका थिए ।

दाहाल ‘प्रचण्ड’ ले विचार र संगठनलाई पुनर्गठित गर्दै अघि बढेको बताएका छन् । पार्टीको सात सय ५३ पालिका सम्मेलनलाई शनिबार दिउँसो सम्बोधन गर्दै उनले अब पार्टी सशक्त रूपमा अघि बढ्ने र क्रान्तिकारी धारमा अघि बढ्ने बताए ।

माक्र्सवाद, लेनिनवाद र माओवादीलाई आत्मसात गर्दै सोही विचारधाराअनुसार सबैलाई अघि बढ्न प्रचण्डले निर्देशन दिए । उनले नेकपाकालपछि पार्टीलाई पुनः अघि बढाउँदा नेताहरूमा क्रान्तिकारिता नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

आगामी राष्ट्रिय सम्मेलनबाट पार्टी नयाँ ढंगले अघि बढ्ने र समाजवादी आन्दोलनलाई अघि बढाउने उनले विश्वास व्यक्त गरे । उनले पार्टीमा बहस चलाउन पनि आग्रह गरे । राष्ट्रिय सम्मेलनलाई वैचारिक सम्मेलन बनाउन पार्टी हेडक्वार्टरलाई सुझाव दिन अपिल गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।