माओवादी केन्द्र गुल्मीको १० पालिकामा नयाँ नेतृत्व, चन्द्रकोट र धुर्कोट बाँकी

गुल्मी, १२ मंसिर/मंसिर १० र ११ गते गरेर माओवादी केन्द्र गुल्मीले १० पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । रेसुंगा नगरपालिकामा लुम्बिनी प्रदेशसभा सदस्य गीता थापाको अध्यक्षतामा नयाँ नेतृत्व ५० सदस्यीय नगर कमिटी चयन भएको छ ।

मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य नगर कमिटी गठन गरिएको छ । गुल्मी दरवार गाउँपालिकामा पुनाराम ज्ञवालीको अध्यक्ष रहेको ४९ सदस्य गाउँकमिटी गठन गरिएको माओवादी केन्द्र गुल्मीका संयोजक बिर बहादुर कार्कीले जानकारी दिए ।

छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्य गाउँ कमिटी गठन गरिएको छ भने सत्यवति गाउँपालिकामा यमु गैरेको अध्यक्षतामा ४९ सदस्यीय गाउँकमिटी गठन गरिएको कार्कीले बताए । इस्मामा बसन्त सुनारको अध्यक्षतामा ३६ सदस्यीय कमिटी बिस्तार गरिएको छ ।रुरु क्षेत्र गाउँपालिकामा यदु ज्ञवालीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।

कालिगण्डकी गाउँपालिकामा लिल बहादुर केसीको अध्क्षतामा ५३ सदस्य नयाँ गाउँ कमिटी गठन भएको माओवादी केन्द्र गुल्मीका जिल्ला सचिवालय सदस्य तेजेन्द्र सलामीले जानकारी दिए ।मालिका गाउँपालिकामा देविराम अर्यालको नेतृत्वमा ४९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।

त्यस्तै मदाने गाउँपालिकामा बेगम चन्द बोहोराको नेतृत्वमा ५छ सदस्यीय गाउँ कमिटी गठन गरिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए ।जिसीका अनुसार मंसिर १२ गते चन्द्रकोट गाउँपालिकाको अधिवेशन आयोजना गरिएको छ भने भने मंसिर १३ गते धुर्कोट गाउँ कमिटीको अधिवेशन उद्घाटन गर्न लुम्बिनी प्रदेशमा मुख्य मन्त्री कुल प्रसाद केसी आउने कार्यक्रम रहेको रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।