खोटाङका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व

खोटाङ, १२ मंसिर /खोटाङका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको पालिका कमिटी गठन गरिएको छ । शनिबार अबेर सम्पन्न पालिका-नगर सम्मेलनले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा माओवादी केन्द्रको सर्वसम्मत पालिका कमिटी गठन गरेको हो ।माओवादी केन्द्रको अधिकांश पालिका कमिटीमा युवाको वर्चस्व स्थापित भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विसन राईको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा खगेन्द्र राई, उमेशचन्द्र राई र ध्रुवादेवी राई, सचिवमा जमानसेर राई (युगसन किरात), सहसचिवमा दिपेन्द्र राई र कोषाध्यक्ष रामकुमार हिङमाङ चयन भएका छन् । विसन अध्यक्षमा दोहोरिएका हुन् ।

माओवादी केन्द्रले हलेसी तुवाचुङ नगरपालिकामा राजुविक्रम चाम्लिङलाई अध्यक्ष चयन गरेको छ । नगर कमिटीको उपाध्यक्षमा प्रदीप राई, प्रमोद गिरी र कन्ठ कार्की, सचिव रमिला बस्नेत, सहसचिव गन राई र कोषाध्यक्षमा अमिनकाजी राई चयन भएका छन् । यसअघि नगर सम्मेलन आयोजक कमिटीको अध्यक्ष बनाइएका चाम्लिङ प्रथम नगर सम्मेलनबाट अध्यक्षमा चुनिएका हुन् ।

साकेला गाउँपालिकामा अर्जुन खड्का झंकारको अध्यक्षतामा माओवादी केन्द्रको पालिका कमिटी गठन गरिएको छ । उपाध्यक्षमा बिर्सिका राई, मोहन खत्री र भरत बस्नेत, सचिवमा नवीनकुमार राई, सहसचिवमा धनकुमार राई र कोषाध्यक्षमा उन्नत राई चयन भएको माओवादी केन्द्रले जनाएको छ । खड्का साकेला गाउँपालिका अध्यक्ष पनि हुन् ।

यस्तै, ऐसेलुखर्क गाउँपालिकामा अगमसिं राईको अध्यक्षतामा माओवादी केन्द्रको ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । उपाध्यक्षमा उर्मिला लम्साल, बलबहादुर राई र प्रेम तामाङ, सचिवमा झनकुमार राई, सहसचिवमा रमेश थुलुङ र कोषाध्यक्ष चमेली बिक चयन भएका छन् । केपिलासगढी गाउँपालिकामा रुद्र राईको अध्यक्षतामा पालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा रामकाजी राई, कुमार परियार र विष्णुकुमार राई, सचिवमा लक्ष्मण साम्पाङ, सहसचिवमा गोपाल तामाङ र कोषाध्यक्षमा पद्मा राई चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रले दिपेन राईको अध्यक्षतामा पालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा धनबहादुर महाराजी, सुशीला राई र इन्द्रहाङ किराती, सचिवमा बसन्त राई, सहसचिवमा किरण राई र कोषाध्यक्षमा सुरेन्द्र अधिकारी चुनिएका माओवादी केन्द्र खोटाङ संयोजक देवान किराती पृथ्बीले बताए ।

यस्तै, जन्तेढुंगा गाउँपालिका कमिटी अध्यक्षमा बद्री राई चयन भएका छन् । उपाध्यक्षमा देवीमाया राई, खड्गबहादुर राई, सचिवमा नइन्द्र राई र सहसचिवमा नेत्रकुमार श्रेष्ठ चयन भएका छन् ।रावाबेँसी गाउँपालिकामा रामबहादुर राईको अध्यक्षतामा पालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा शारदा पोखरेल, भलकाजी तामाङ र लालबहादुर नेपाली, सचिवमा उदिम चाम्लिङ राई, सहसचिवमा सुरेन्द्र राई र कोषाध्यक्षमा सीता कट्वाल चयन भएका छन् ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा राजेन्द्र राईको अध्यक्षतामा माओवादी केन्द्रको पालिका कमिटी विस्तार गरिएको छ । पालिका कमिटीको उपाध्यक्षमा खड्गबहादुर तामाङ, किसान राई र नैनकुमारी खत्री, सचिवमा दिपक पौडेल, सहसचिवमा नारायण राई र कोषाध्यक्षमा सुनिता राई चयन भएका छन् ।
बराहपोखरी गाउँपालिका अध्यक्षमा युवराज मगर, उपाध्यक्षमा तारा राई, राजन राई, कमला राई, सचिवमा अर्जुन तामाङ, सहसचिवमा ध्रुवजित राई र कोषाध्यक्ष गणेश परियार चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।