माओवादी केन्द्र लिम्चुङबुङ अध्यक्षमा राई चयन
उदयपुर, १२ मंसिर/नेकपा माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा मेजरकुमार राई चयन भएका छ । माओवादी केन्द्रको पालिका अधिवेशनबाट उनी अध्यक्ष बनेका हुन् । राई लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पनि हुन् ।
गाउँ कमिटी उपाध्यक्षमा भीम किराँत र दिनेश राई चयन भएका छन् । सचिवमा मनोज बुढाथोकी, सहसचिवमा नन्द राई र कोषाध्यक्षमा सुना राई चयन भएका छन् ।
लमजुङ : ६ पालिकामा माओवादी केन्द्रकाे नयाँ नेतृत्व
लमजुङ,१३ मंसिर/लमजुङका ६ वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गरिएको छ । मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिका तथा दूधपोखरी, दोर्दी र मर्स्याङदी गाउँपालिकामा नयाँ नेतृत्व चयन भएकाे छ भने बेंसीसहर नगरपालिका र क्व्होलासोंथर गाउँपालिकाको पालिका अधिवेशन बाँकी छ ।मध्येनेपाल नगर अध्यक्षमा उपेन्द्र अधिकारी, उपाध्यक्षमा नवराज घिमिरे, उपाध्यक्षमा सोमराज अधिकारी, उपाध्यक्षमा कृष्णप्रसाद तिवारी, सचिवमा रामकृष्ण भट्टराई, सहसचिवमा मैया मौराती र कोषाध्यक्षमा सपना घिमिरे चयन भएका छन् ।
सुन्दरबजार नगर अध्यक्षतामा मुरारिकुमार भुजेल, उपाध्यक्षमा सृजना अधिकारी, महेन्द्रबहादुर अधिकारी, सूर्यबहादुर बुढापृति, सचिवमा ध्रुब विक, सहसचिवमा ज्ञानेन्द्र शर्मा र कोषाध्यक्षमा अप्सरा विक छानिएका छन् ।राईनास नगर समितिको अध्यक्षमा पुष्पराज खनाल, उपाध्यक्षमा सूर्यबहादुर नेपाली, उपाध्यक्षमा कुमारी गुरुङ, उपाध्यक्षमा हेमराज न्यौपाने, सचिवमा मनबहादुर गुरुङ, कोषाध्यक्षमा खिलाराज शर्मा र सहसचिवमा प्रेमबहादुर श्रेष्ठ चयन भएका छन् ।
दूधपोखरी गाउँपालिका अध्यक्षमा क्षेत्रबहादुर गुरुङ चयन भएका छन् । जसकाे उपाध्यक्षमा पूर्ण न्यौपाने, खेमबहादुर गुरुङ, माया दवाडी, सचिवमा श्यामकुमार श्रेष्ठ, सहसचिवमा रामचन्द्र न्यौपाने र कोषाध्यक्षमा निलकुमारी परियार रहेका छन् ।दोर्दी गाउँपालिका अध्यक्षमा सागर गुरुङ, उपाध्यक्षमा रविन्द्र अधिकारी, आरती घिमिरे, चिन गुरुङ, सचिवमा सोमबहादुर गुरुङ, सहसचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा शान्ता विक चयन भएका छन् ।
मर्स्याङदी गाउँपालिका समिति २१ सदस्य चयन गरेकाे छ । पदाधिकारी चयन गर्न बाँकी रहेको माओवादी केन्द्र लमजुङका सचिव सुनिल सुनारले बताए ।


