यी हुन् अध्यक्ष ओलीले रोजेका १९ पदाधिकारी, रावल र भुसालको अटाएनन्

चितवन । नेकपा एमालेको महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको नाम प्रस्ताव गरेका छन्। अध्यक्ष ओलीले आफैँलाई भाबी अध्यक्षमा प्रस्ताव गरेका छन्।

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरेका छन्। यस्तै, ओलीले वर्तमान उपमहासचिव विष्णु पौडेललाई उपाध्यक्षको प्रस्ताव गरेका छन्। यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा र सुवास नेम्वाङलाई पनि उपाध्यक्षमा प्रस्ताव गरिएको छ।

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ, विष्णु रिमाल प्रस्तावित छन्। सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम ओलीले प्रस्ताव गरेका छन्।

यी सबै पदाधिकारीलाई भोलि निर्वाचन कार्यक्रम अनुसार मनोयनपत्र दर्ता गर्न पनि ओलीले निर्देशन दिएका छन्। अध्यक्षमा भने वर्तमान उपाध्यक्ष भीम रावलको मनोनयन निश्चित छ। अन्य पदको हकमा अहिलेसम्म अन्यले दाबी गरेका छैनन्। ओलीको प्रस्तावमा वर्तमान उपमहासचिव घनश्याम भुुसालको नाम पनि समावेश छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖