नेपाली कांग्रेस सुनसरीकाे सभापतिमा भण्डारी विजयी

सुनसरी, १३ मङ्सिर/नेपाली कांग्रेस सुनसरीकाे सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारी ११३ मतान्तरले विजयी भएका हुन्। भण्डारीले एक हजार चार सय २२ मत पाए भने उनका प्रतिस्पर्धी संस्थापन प्यानलका सञ्जयप्रसाद श्रेष्ठले एक हजार तीन सय नाै मत पाएका थिए ।

उपसभापतिमा पनि इतर पक्षकै नगेशचन्द्र राई र पंकजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलका मनोजकुमार शाह र इतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् ।

सहसचिवमा भने संस्थापन प्यानलका मनिषकुमार राय र गणेश सुब्बा विजयी भएका छन् । अपाङ्गतर्फ महाधिवेशन प्रतिनिधिमा उपेन्द्रप्रसाद मेहेता र देवेन्द्र पौडेल विजयी भएका छन् । भण्डारीले दुई कार्यकाल जिल्ला सचिव बनेर काम गरिसकेका छन् । सुनसरीकाे चार निर्वाचन क्षेत्र मध्ये तीनमा संस्थापन पक्षले हार ब्यहाेरेकाे छ । पार्टी उपसभापति विजयकुमार गच्छदारको चुनावी क्षेत्रमासमेत क्षेत्रीय सभापतिमा संस्थापन इतर समूह विजयी भएको छ ।

भोटिङ मेसिनको मतदान बदर नहुने, उम्मेदवारका नाम र तस्बिर सेट गर्न झन्डै आठ घन्टा लाग्ने
काठमाडौं, १३ मंसिर/नेकपा एमाले महाधिवेशनका लागि ७२ वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ । आधाभन्दा बढी पदमा सर्वसम्मत भएको जनाउँदै प्रावधिक टोलीले ७२ वटा मेसिन निर्वाचनका लागि तयारी अवस्थामा राखेको हो ।

‘अहिले मतदानका लागि ७२ वटा मेसिन तयारी अवस्थामा छन्, आवाश्यक परेको खण्डमा एक सय मेसिन थप राख्न सकिन्छ ?’ रामलक्ष्मण इन्भेट्सका डाईरेक्टर लक्ष्मण पाण्डले न्युज कारखानासँग भने, ‘धेरै जसो पदमा सर्वसम्मत भएको बुझिएकाले अनुमान गरेको भन्दा कम मेसिन राखिएको हो ।’ उनका अनुसार भोटिङ मेसिनमा मत बदर हुने सम्भावना रहेको हुन्न । ‘भोटिङ मेसिनमा बदरको सम्भावना हुँदैन किन भने यसले ‘एस’ वा ‘नो’ भन्ने बाहेक अन्य विकल्प दिँदैन, सतप्रतिशत मत खस्छ’ पाण्डेले अगाडी भने, ‘मत हालिसकेपछि प्रिन्ट पनि अटोमेटिक दिन्छ ।’ उनका अनुसार निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेपछि उम्मेदवारको नाम र तस्बिर सिस्टममा अपग्रेड गर्न भने झन्डै ७-८ घन्टा भने लाग्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।