भीम रावललाई मत नदिन गरिएको प्रचार आचारसंहिताविपरीत छैन : शंकर पोखरेल

चितवन, १४ मंसिर /नेकपा एमालेको महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखेरेलले भीम रावलसहितका नेतालाई मत नदिनू भनेर गरिएको प्रचार आचारसंहिताविपरीत नरहेको बताएका छन् । पार्टीको १० महाधिवेशन स्थल चितजनमा मंगलबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले प्रचार बाँडिनु कुनै अनौठो विषय नभएको प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिव पदका उम्मेदवारद्वय टंकप्रसाद आचार्य र भीम आचार्यसहितका उम्मेवारलाई मत नदिनू भन्दै ओली समूहका नेताहरूलाई पर्चा बाँडिएको थियो । जसलाई रावलले आचारसंहिताविरपरीत भएको आरोप लगाएका थिए ।

तर, निर्विरोध निर्वाचित महासचिव पोखरेलले भने महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको प्रतिक्रिया दिएका हुन् ।

‘होइन, त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले उम्मेदवारी दिएका कमरेडहरूले आफ्नो पक्षमा प्रचार गर्नुभएको छ । र अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषितै छ । कुनै अनौठो कुरा होइन । घोषित प्रस्तावलाई प्रचार गरियो भन्ने कुरा अनौठो होइन’, पोखरेलले पत्रकारसँग भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।