प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट-बैतडीको टोली छनोट

बैतडी, १४ मङ्सिर ।प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ । टोलीका सदस्यमा मञ्जु बोकटी, सङ्गीता मौनी, जानकी थापा, करिश्मा थापा, लक्ष्मी महर, दिव्या कार्की, पूजा कार्की, बबिता बोहरा, निर्मला भण्डारी, गोमती भट्ट, ललिता चन्द, निर्मला बोहरा र भावना जोशी रहेका छन् । यस्तै, पिङ्की बोहरा, दमयन्ती वड, ममता चन्द, तनुजा थापा, मानवी विक, जानवी मौनी र ईश्वरी भण्डारीलाई वैकल्पिक खेलाडीका रुपमा छनोट गरिएको छ ।

मङ्सिर १० गतेदेखि सञ्चालन भएको छनोट प्रक्रियाबाट टोली बनाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव शेरसिंह खत्रीले जानकारी दिनुभयो । छनोट भएका खेलाडीहरुका लागि यही मङ्सिर १५ गतेदेखि देहिमाडौँमा बन्द सत्र सञ्चालन गरिने जनाइएको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट मङ्सिर २० गतेदेखि धनगढीमा सञ्चालन हुनेछ । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको महिला राष्ट्रिय टोली बनाइनेछ । उक्त टोली प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर २७ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हँुदैछ ।

निः शुल्क आयुर्वेदिक औषधि वितरण
कञ्चनपुर, १४ मङ्सिर । शुक्लाफाँटा नगरपालिका– १० झलारीमा रहेको आयुर्वेद औषधालयबाट चालू आवको चार महिनाको अवधिमै एक हजार ५२२ जनाले निःशुल्क सेवा लिएका छन् । गत साउनमा ४२४, भदौ ३७६, असोजमा ३८० कात्तिक महिनामा ३४२ जनाले आयुर्वेद औषधालयबाट निः शुल्क औषधिसँगै उपचार पाएका हुन । औषधालयबाट ३० प्रकारका रोगको औषधि बिरामीलाई उपलव्ध गराउँदै आएको औषधालयका कविराज जयराम शाहले जानकारीदिनुभयो । कोरोनाको महामारी फैलिएपछि आयुर्वेदिक औषधिको प्रयोग गर्ने बिरामीको सङ्ख्यामा वृद्धि हुँदैगएको उहाँले बताउनुभयो । “स्वास्थ्यवद्र्धक र रोगप्रतिरोधी औषधिको माग बढ्दै गएको छ” उहाँले भन्नुभयो, “नगर प्रमुखदेखि प्रमुख प्रशासकीय अधिकृस्तर अन्य कर्मचारीलेसमेत औषधालयबाट निःशुल्क उपलब्ध हुने औषधिको प्रयोगमा जोड दिँदै आएका छन ।”

कोरोनाको सङ्क्रमण अघिसम्म थोरै मात्रै बिरामी आयुर्वेदिक औषधलयमा उपचारका लागि पुग्ने गरेको उहाँले बताउनुभयो । “हाल बिरामीले आयुर्वेदिक औषधिको महत्व बुझ्दै जान थालेपछि औषधिको पु¥याउनै मुस्किल हुन थालेको छ” कविराज शाहले भन्नुभयो, “बिरामीको चापसमेत थेग्नै नसक्ने गरी बढेको छ ।” सरकारी आयुर्वेदिक औषधि उपलव्ध गराउने र उपचार गर्ने एक मात्रै औषधालय भएकाले पनि बिरामीको चाप बढेको उहाँको भनाइ छ ।उहाँका अनुसार आव २०७७÷७८ को असार मसान्तसम्म औषधालयबाट चार हजार ४७६ बिरामीले सेवा पाएका छन ।

जसमध्ये सबै भन्दा बढी वातव्याधिका एक हजार ३८४, अम्लपित्तका ७४८, स्वासप्रश्वास सम्बन्धिका ४३७, गुदविकारका २१५, स्त्रीरोगका ११३, उदररोगका २५६ जनाले सेवा पाएका छन् ।यी रोगसँगै ज्वर, श्वसन विकार अतिसार, प्रमेह, कामला, पाण्डु, हृदयसम्बन्धी, रक्तचाप, सोथ, कृमि, छालारोग, आघातज, आमवात, वातरक्त, रक्तविकार, मुत्रविकार, प्रसूति विकार, नेत्ररोग, कर्ण, नशा, मुख, दन्त, कण्ठ रोग, शिरोरोग, बालरोग, जराजन्यसम्बन्धी बिरामीलाईसमेत औषधालयबाट लाभान्वित भएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।