कांग्रेस रसुवा सभापतिमा पुनः पेम्बाछिरिङ तामाङ

रसुवा, १५ मंसिर /नेपाली कांग्रेस रसुवा सभापतिमा पेम्बाछिरिङ तामाङ पुन: चयन भएका छन् । उनी सर्वसम्मत जिल्ला सभापति बनेका हुन् । अधिवेशनबाट उपसभापतिमा ओमप्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् ।

रसुवा प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा श्यामकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । क्षेत्रीय उपसभापतिमा रिक्चेन तामाङ, राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा, तारानाथ पौडेल र सहसचिवमा राजु तामाङ र विशाल घले सर्वसम्मत चयन भएका छन् ।प्रदेश सभा क्षेत्र ‘ख’ को सभापतिमा बुचुङ तामाङ सर्वसम्मत चयन भएका छन् । क्षेत्रीय उपसभापतिमा लाक्पाकामी तामाङ, सिंगी लामा, सचिवमा निलनाथ आचार्य, खुवाबहादुर तामाङ, सहसचिवमा सुदीप गुरुङ र राजु तामाङ सर्वसम्मत भए ।

महाधिवेशन प्रतिनिधिमा २६ जना सर्वसम्मत चयन भएका छन् । मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मंगले तामाङ, उपेन्द्र लम्साल, केदार प्रसाद देवकोटा ‘कुमार’, राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किबुट्टि तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सीता तामाङ, सशी अधिकारी, सरला देवकोटा, नुर्बूसाङ्बो घले र अनिल भुसाल सर्वसम्मत चयन भएका हुन् ।

प्रदेशसभा ‘क’ को क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा जयराम देवकोटा, तेम्पानुर्पू तामाङ, डिलबहादुर मोक्तान, प्रशुन राज गुरुङ, ओमबहादुर घले, दावा ग्याल्सेन तामाङ, अनिल थिङ तामाङ, अन्जिता तामाङ, अमृता पौडेल, बिबिरानी तामाङ, फुर्पू ग्याम्जो तामाङ, कामी सिदार तामाङ, कुमार ग्याम्दाङ, सानुमाया तितुङ, कर्मो तामाङ, दुर्गानाथ न्यौपाने ‘बलराम’, भोजबहादुर विक, गोरमेन नेकोर तामाङ सर्वसम्मत चयन भएका छन् ।

प्रदेशसभा ‘ख’ को क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा ईश्वरलाल श्रेष्ठ, बुद्धिबहादुर ढकाल, सुनीलकुमार पौडेल, सुदर्शनकुमार पौडेल, निर्मलविक्रम गोले, धनबहादुर गुरुङ, अभिनाश तामाङ, मनकला थापा मगर, शेषकुमारी अधिकारी, सोनाम घले, मकरकुमार तामाङ, उदय लामा, विद्यालक्ष्मी श्रेष्ठ, उचिमाया तामाङ, रमेशकुमार न्यौपाने, सुमित्रा पौडेल, साङतेम्पा तामाङ घले र प्रेमबहादुर विक सर्वसम्मत चयन भएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवामा वडा अधिवेशन सम्पन्न भए पश्चात अधिबेशन रोकिएको थियो । पुन: नयाँ निर्वाचन अधिकृत तोकिएर आएसँगै जिल्लामा अधिबेशनको प्रक्रिया अघि बढाइएको थियो । सहमतिमा मंगलबार जिल्ला, प्रदेश, र महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।