कांग्रेस बागलुङ सभापतिमा शेरचन

बागलुङ, १५ मंसिर/नेपाली कांग्रेस बागलुङको जिल्ला सभापतिमा जीतबहादुर शेरचन निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार भएको दोस्रो चरणको मतदानबाट संस्थापन पक्षका उम्मेदवार शेरचनले आठ सय ७३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचिन भएका हुन् ।

उनका प्रतिस्पर्धी जगदीशचन्द्र उपाध्यायले ७६८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । शनिबार पहिलो चरणको निर्वाचनमा तीन उम्मेदवारबीच मतदान हुँदा कसैले पनि विधानले व्यवस्था गरेअनुसार ५० प्रतिशत बढी मत नल्याएपछि पुनः मतदान भएको थियो ।

कांग्रेस विधान २०१७ (संशोधनसहित) अनुसार पहिलो चरणको निर्वाचनमा सभापतिका लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउनुपर्ने उल्लेख छ ।दोस्रो चरणको निर्वाचनमा बढी मत ल्याउने उम्मेदवार सभापति हुने व्यवस्थाअनुसार शेरचन दोस्रो चरणको निर्वाचनबाट सभापति बनेका हुन् । पहिलो चरणको निर्वाचनमा सभापतिको उम्मेदवार द्रोण कुँवरले दोस्रो चरणको निर्वाचनमा शेरचनलाई सघाएका थिए ।

जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी भएका छन् । छन्त्यालले सात सय ८७ र पौडेलले सात सय ४७ मत प्राप्त गरे । जिल्ला सचिवमा उपाध्याय प्यानलका हरिहर शर्मा र शेरचन प्यानलबाट गण्डकी थापा अधिकारी निर्वाचन भएका छन् । सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृत शर्माले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।