पाख्रीबासमा खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता हुने

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाको वडा ५ मा खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।ग्रीन इन्टरनेशनल क्लब पाख्रीबासको आयोजनामा हुन लागेको प्रतियोगिता नपाको वडा नं.५, गैरिगाँउ(मगर टोल) मा मंसिर २४-२६ सम्म संचालन हुनेछ ।

आयोजकका अनुसार प्रथम,दोस्रो पुरस्कार क्रमश नगद रु. ५१,०००(एकाउन्न हजार मात्र),ट्रफी,मेडल र प्रमाणपत्र र नगद रु. २१,०००(एक्काईस हजार मात्र), ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ भने विभिन्नविधागत पुरस्कारहरुको पनि व्यवस्था गरिएको छ ।

प्रतियोगितामा लागु हुने नियमहरुमा खेलाडीहरु ९ जना र जर्सी अनिवार्य हुनुपर्ने छ। सम्पुर्ण खेलाडीहरुले आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य ल्याउनु पर्ने छ खेलाडिहरु कुनै सम्वन्धित वडा भन्दा बाहिरको हो भनी शंखा लागेमा कुनै विपक्षि टिमले निवेदन वा प्रोटेक्स्ट हाल्न पाउने छ ।

त्यसैगरि निवेदन वा प्रोटेक्स्ट खेल समय भन्दा अगाडि लगाउँदा रु.१००० र खेल समय सकिए पछि निवेदन दिँदा रु.१५०० जरिवाना लाग्नेछ । खेल समयावधी समाप्त भएको ३० मोनेट भित्र प्रोटेक्स्ट्को निवेदन बुझाउनु पर्ने छ ।खेलाडिले आफ्नो लागि खाने,बस्ने व्यवस्था आफै प्रवन्ध गर्नु पर्ने छ । खेलमा कुनै विवाद आएमा आयोजक तथा निर्णायकको निर्णय नै अन्तिम हुनेछ । खेलमा सहभागी हुन इच्छुक टिमले २०७८ मंसिर २३ गते बेलुका ६ बजे भित्रमा टिम दर्ता गरिसक्नु पर्ने छ भने टिम दर्ता शुल्क मात्र रु.२०००(दुई हजार मात्र) लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताबारे थप जानकारीका लागि निम्न ब्यक्ति संग सम्पर्क गर्न सक्नु हुनेछ ।
(क) संजय तामाङ- 9813174569/9802731168
(ख) मन कुमार तामाङ:-9804075035
(ग)रविन लिम्बू:-9824371865
(घ)बिश्वजीत देउजा:-9847746668

सहिद स्मारक लिग : भोलिबाट तेस्रो चरणका खेल
काठमाडौं, १६ मंसिर /सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । चार दिनसम्म चल्ने तेस्रो चरणमा तीन दिन दुई खेल हुनेछ भने एक दिन एक मात्रै खेल हुने तालिका सार्वजनिक भएको छ । दिनमा दुई खेल हुँदा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल तथा दिनको एक मात्रै खेल साँझ पौने ५ बजे हुनेछ ।

शुक्रबारको पहिलो खेलमा फ्रेण्ड्स क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । यस्तै, दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब लगातार दुई खेलमा पराजित भई पुछारमा रहेको एपीएफ फुटबल क्लबसँग भिड्नेछ ।शनिबारको पहिलो खेलमा दोस्रो स्थानको संकटा क्लबले शीर्षस्थानको मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती दिनेछ । सोही दिनको दोस्रो खेलमा च्यासल युथ क्लबले उपाधिमा दाबी गरेको न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।

तेस्रो चरणअन्तर्गत आइतबार हुने एक मात्रै खेलमा ब्रिगेड ब्वाइज क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको आक्रामक सैलीकाे दबाब खेप्नेछ । एन्फाले २० मंसिरमा तय दुई खेललाई भने दुई दिन धकेल्दै २२ मंसिरमा पुर्याएको छ । रंगशालामा युथ एथ्लेटिक्स प्रतियोगिता हुने भएसँगै तेस्रो चरणका अन्तिम दुई खेल सारिएका हुन् ।

बुधबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । सोही दिन हुने तेस्रो चरणको अन्तिम खेलमा लगातार दोस्रो खेलमा पराजित जावलाखेल युथले साविक विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ । दुई चरणको खेल सकिँदा कीर्तिमानी आठौं पटक लिगको उपाधि हात पारेको मनाङ शतप्रतिशत जितका साथ शीर्षस्थानमा छ । समान ४ अंक भएका संकटा, ब्रिगेड, मच्छिन्द्र, पुलिस, सातदोबाटो क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् ।

समान ३ अंक बनाएका थ्री स्टार र च्यासल सातौँ र आठाैँ स्थानमा रहँदा आर्मी नवौँ स्थानमा छ । समान १ अंकका शेर्पा, फ्रेण्ड्स र एनआरटी क्रमशः १० औँ, ११ औँ, र १२ औँ स्थानमा रहँदा कुनै अंक जोड्न नसकेका जावलाखेल र एपीएफ रेलिगेशन जोनमा छन् । १४ क्लब सहभागी लिगको पुछारमा रहने दुई क्लब ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।