प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि २० : आज सिरहा र महाेत्तरी तथा सर्लाही र बाराबीच भिडन्त

सुधा देव/सप्तरी, २१ मंसिर ।प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सिरहा र महोत्तरी तथा सर्लाही र बाराबीच खेल हुँदैछ। प्रदेश २ का आठ जिल्लामध्ये पाँच जिल्लाका महिला खेलाडी प्रतिगितामा सहभागिता छन् ।

प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठका अनुसार धनुषा, पर्सा र रौतहट बाहेकका खेलाडी सहभागिता छन् । उनले भने, ‘तीन जिल्लाका खेलाडि सहभागी गराउन सकिएन । ती जिल्लामा महिला खेलाडि नै भेटिएनन् ।` राजविराजस्थित राजरंगशालामा शुरू भएको पहिलाे दिनकाे खेलमा बारा र सिरहा विजयी भएका छन् । सिरहाले सप्तरीलाई ९० रनले पराजित गरेका थियो भने बाराले महोत्तरीलाई आठ विकेटले पराजित गरी विजय सुरुवात गरेको छ ।

पहिलो खेलमा टस जितेर सिरहाले निर्धारित १४ ओभरमा एक विकेट गुमाएर एक सय २८ रन बनाएकाे थियाे । जसमा सिरहाका अनुराधा चौधरीले अविजित ५२ रन र आरती चौधरी ले ५१ रन बनाए । बलिङतर्फ सप्तरीका कुनै खेलाडीले विकेट हात पार्न सकेन। एक जना खेलाडी रन आउट भएका थिए । प्रतिउत्तरमा सप्तरी १२ ओभरमा सबै विकेट गुमाएर ३३ रनमै सिमित बनेकाे थियाे ।

खेलमा सप्तरीकी सपना भुजेल १७ रन रहँदै अविजित बनिन । अन्य खेलाडीले दोहोराे अंक पार गर्न सकेनन् । यो सँगै सिरहा ९५ रनले विजयी भएकाे छ । विजय टिमका अनुराधा चौधरी म्यान अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले जानकारी दिए ।

यसैगरी, दोस्रो खेलमा महोत्तरीले टस जितेर ब्याटिङ्ग गर्दै निर्धारित १२ ओभरको खेलमा तीन विकेट गुमाई ८२ रन बनाएका थिए । जसमा गोमा आले ४० रन र रोजी खत्रीले १४ रन बनाएका थिए । बलिङ्गतर्फ बाराका वन्दना गुप्ता २ र निकी कुशवाहाले समान एक विकेट हात पारेका थिए । प्रतिउत्तरमा बाराले अन्तिम बलमा अलिसा यादवले चौका प्रहार गरेपछि सहज जित भएको थियोे ।

बाराका साना प्रवीणले उत्कृष्ट ब्याटिङ्ग गर्दै ३९ बलमा २८ रन बनाए । अलिसा यादव ५ रन अविजित रहेर खेलेकी थिइन्। बलिङ्गतर्फ महोत्तरीका रोजी खत्री र हेमा पटेलले १-१ विकेट हात पारेका थिए ।

खेलको म्यान अफ दि म्याच विजय टिमका साना प्रविण बनेकाे सप्तरी क्रिकेट संघका सचिव यादवले बताए । सो अवसरमा दुबै खेलका म्यान अफ दि म्याच खेलाडीलाई प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठ र अन्तराष्ट्रिय खेलाडी महवुव आलमले कप प्रदान गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।