सहिद प्रकाश थापा स्मृति ट्रष्ट भलिबल प्रतियोगिताको उपाधि सभापोखरी गाउपालिका संखुवासभालाई
धनकुटा । सहिद प्रकाश थापा स्मृति ट्रष्ट भलिबल प्रतियोगिताको उपाधि सभापोखरी गाउपालिका संखुवासभाले जितेको छ । सहिदभुमि गाउपालिका धनकुटाको आयोजनामा मंसिर १८ गते देखि पालिकाको वडा नं १ घंगरुमा सञ्चालित सहिद भलिबल प्रतियोगिताको उपाधि सभापोखरी गाउँपालिका संखुवासभाले जितेको हो ।
जित संगै उस्ले नगद १ लाख सहित ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । हतुवागढी गाउपालिका भोजपूर प्रतियोगिताको दोस्रो भएको छ। उस्ले ५५ हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र पुरस्कार पाएको छ । प्रतियोगितामा तेस्रो भएको भोजपुर आमचोक गाउपालिकाले नगद १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
खेल अबधि भरका उत्कृष्ट खेलाडी प्रदीप कट्टेल घोषित भएका छन् । कट्टेललाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै गरि खेलका वेस्ट सरभर रोमन बस्नेत , वेष्ट डिफेन्डर जीवन राई ,वेष्ट ब्लकर भवानी बराकोटी ,वेष्ट सेटर प्रकाश मगर र वेष्ट स्पाईकर राजकुमार तामाङ भएकाछन् ।
उनिहरुले जनही नगद २/२ हजार पुरस्कार पाएकाछन् । विजयी खेलाडीहरुलाई प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष मनोज राई , सहिद प्रकाश थापा स्मृति ट्रष्ट अध्यक्ष लगायतले खेलका पुरस्कार प्रदान गरेका थिए । सहिद प्रकाश थापा स्मृति ट्रष्टले गाउपालिका अध्यक्ष राईलाई सम्मान पत्र र खदा सहिद सम्मान समेत गरेको छ ।


