बालिकाको जिब्रो सुन्निएर मुख बाहिर निस्किएपछि…

खोटाङ, २३ मंसिर /खोटाङकाे ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्क दिम्मापातेलकी १६ वर्षीया सुस्मा तिवारीकाे जिब्राे सुन्निएर मुख बाहिर निस्किएको छ । सुन्निएर जिब्राेले अस्वभाविक आकार लिएपछि उनलाई खाना खान र बोल्नसमेत गाह्राे भएकाे बुवा दिनेश तिवारीले बताए ।उनका अनुसार सुस्मा जन्मेको एक/डेढ वर्षको जिब्राे बढेर बाहिरै निस्कन पुगेको हो । जिब्राेमा देखिएका ससाना बिबिरा बढ्दै जाँदा उनको जिव्रो मुखभरीको बनेको परिवारले जनाएकाे छ ।

उनी स्थानीय त्रिभुवन माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छिन् । सानैछँदा उपचारका लागि फाप्लु (सोलुखुम्बु) र काठमाडाैं पुर्‍याइए पनि रोग पत्ता नलागेकाे तिवारीले बताए ।मुखबाट बाहिर निस्केको जिब्रोलाई उनले रुमालले ढाक्ने गरेकी छन् । बाहिर निस्केको जिव्रोबाट निरन्तर र्‍याल झर्छ । सुतेको ठाउँमा र्‍यालले सिरानी भिज्ने गरेको छ ।

उनी घरकी जेठो सन्तान हुन् ।

उपचार गर्न आर्थिक अभाव

सुस्माकाे उपचारका लागि परिवारलाई आर्थिक समस्या छ । कमजोर आर्थिक अवस्थाका कारण सुस्मालाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर उपचार गर्न नसकिएको दिनेश बताउँछन् ।उनकाे उपचारका लागि सुनसरीमा सहयोग अभियान थालिएको छ । पुर्खौली थलो खोटाङ भइ हाल इटहरी बसिरहेका सविन भट्टराई (खत्री) र धुर्व अधिकारीको अगुवाईमा सुस्माको उपचार सहयोग अभियान थालिएको हो ।

नोबेल अस्पताल बिराटनगरका डा. आशिषलाल श्रेष्ठको परामर्शमा उनको जिब्राेको उपचारका लागि आर्थिक संकलन अभियान थालिएको अभियान्ता भट्टराईले बताए । ‘सुस्माका बारेमा जानकारी भएपछि ५ हजार खर्च पठाएर इटहरीमा बोलायौँ । नोबेलमा लगेर देखायौँ,’ भट्टराईले भने, ‘डा. आशिषलाल श्रेष्ठले ६/७ लाख खर्च जम्मा गरेर केएमसी लैजाने परामर्श दिनु भएको छ । उपचार गर्दा निको हुने जानकारी पाएका छौँ ।’

सुस्माको उपचारका लागि एक लाख सहयोग जम्मा भइसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।