नगर कप फुटबल प्रतियोगिता यही मङ्सिर २८ बाट

पाँचथर, २३ मङ्सिर ।पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा यो वर्ष यही मङ्सिर २८ गतेबाट नगर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिता आगामी पुस ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रत्येक वर्ष आयोजना हुने सो प्रतियोगितामा छिमेकी मुलुक भारतको एकसहित आठ वटा टोलीले प्रतिस्पर्धा गर्ने स्वतन्त्र क्लब रानीटारले जनाएको छ । प्रतियोगिता फिदिम–७ स्थित बराजु खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको यो तेस्रो संस्करण हो । यसवर्षको प्रतियोगितामा भारतको पाण्डा स्पोर्टिङ क्लब सिक्किमसहित चर्च ब्वाइज क्लब काठमाडौं, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, योङ ब्वाइज फुटबल क्लब इलाम, अलइनवान सैनिक क्लब झापा, रेड स्टार फुटबल क्लब विर्तामोडले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेता समूहले रु. एक लाख ५० हजार पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यस्तै उपबिजेता समूहले रु. ८० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई नगद पुरस्कारले पुरस्कृत गर्नेेछन् भने प्रत्येक खेलमा उत्कृष्ट खेलाडी घोषणा गरी पुरस्कृत गरिने आयोजक क्लबले जनाएको छ । आगामी पुस १ र २ गते भने दुई÷दुई वटा खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल पुस ३ गते हुनेछ । उक्त प्रतियोगिताको सहआयोजकमा रानीटार युनाइटेड क्लब र प्रवद्र्धकमा फिदिम नगरपालिका रहेका छन् ।

नेकपा (एकीकृत समाजवादी)को सङ्गठन विस्तार
बैतडी, २३ मङ्सिर ।नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा सङ्गठन विस्तार अभियानलाई अघि बढाएकोे छ । जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत हालसम्म आठ स्थानीय तहमा कमिटी गठन गरिएको हो ।अहिलेसम्म डिलाशैनी, सिगास, दोगडाकेदार, सुर्नया गाउँपालिका, पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिएको पार्टीका जिल्लाअध्यक्ष महादेव भट्टले जानकारी दिनुभयो । डिलाशैनीमा दीपक धामीको अध्यक्षतामा ५१ सदस्यीय, सिगासमा खेमसिंह धामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ भने पाटन नगरपालिकामा लोकेन्द्र विष्टको अध्यक्षतामा ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१ सदस्यीय, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५सदस्यीय, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७ सदस्यीय, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१सदस्यीय, मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो । गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मङ्सिर महिनाभित्र नेतृत्व चयन गरिने जनाइएको छ ।

एमालेसँग विभाजन भएपछि उक्त पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको हो । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने जनाइएको छ । मङ्सिरमा सबै पालिकामा सङ्गठन विस्तार गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अघि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष ठगुन्नाले बताउनुभयो । एमाले रहँदा महादेव भट्ट अध्यक्ष रहेको १५१ सदस्यीय समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियोे ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।